arrow

मधेसी मोर्चाको माग सम्बोधन गर्न शीर्ष तहमा गफ मात्रै

मोर्चासहितको राजनीतिक संयन्त्रको अझै टुंगो लागेन

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
rajnitik_samiti-baithak.jpg.jpeg
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो बसेको बैठकमा  प्रधानमन्त्रीको भारत भ्रमण र मधेसी मोर्चा सहितको राजनीतिक संयन्त्र निर्माणका विषयमा  छलफल भएको हो । राजनीतिक समितिको निर्माणका निम्ति कार्यदलको बैठकमा थप छलफल हुने बताइएको छ । 
 
बैठकमा भ्रमण नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ, मैत्रीपूर्ण र दीगो जगमा उभ्याउन केन्द्रित हुनुपर्ने बारेमा छलफल भएको बैठकमा सहभागी एमालेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग बमोजिम सीमाङ्कन विवाद मिलाउन सुझाव सङ्कलनका लागि राजनीतिक समिति बनाउ शीर्ष नेताहरु सकारात्मक भएका छन् । 
 
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र मोर्चासँग छलफल गरी प्रधानमन्त्रीको भारत भ्रमण अगावै राजनीतिक समिति बनाउने बारेमा समेत छलफल भएको थियो । बैठकमा संसन्त्र संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, उपप्रधानमन्त्री एवं मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सत्तारुढ दलका नेताहरु सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ