arrow

कस्तो थियो पानीमा डुबाउँदा केही नहुने पहिलो स्मार्टफोन

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
sony-xpria-z.jpg

काठमाडौं । मोबाइल फोन उत्पादक कम्पनीहरुले पानीमा डुबाउँदा केही नहुने स्मार्टफोन बजारमा ल्याउन सुरु गरेका छन् ।   सोनीले पहिलो पटक यस्तो स्मार्टफोन बजारमा ल्याएको थियो । जसलाई पानीको कुनै खतरा छैन । उक्त फोनलाई मज्जाले धुन सकिन्छ भने नुहाउँदाको समयमा पनि मज्जाले प्रयोग गर्न सकिन्छ ।

हाल सामसुङ र एप्पल जस्ता ठुला कम्पनीहरुले सो प्रविधिमा आधारित रहेर काम गरिरहेका छन् ।

 सोनीले उत्पादन गरेको सो फोनअघि पनि जापानमा भने पानीबाट सुरक्षित हुने फोन प्रयोगमा रहँदै आएको थियो । तर, बाँकी विश्वमा भने यसअघि पानीमा पनि केही नहुने फोनको प्रयोग नभएको जनाइएको छ ।

 ‘एक्सपिरिया जेड’ नामक उक्त स्मार्टफोनले ‘हाई डायनामिक रेन्ज’को भिडियो समेत रेकर्ड गर्न सकिन्छ। एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने उक्त स्मार्टफोन अमेरिकाको लसभेगासमा भएको मेलामा प्रदर्शनी गरिएको उल्लेख गरिएको छ ।

 उक्त स्मार्टफोनबाट नुहाएको समयमा यदी व्यक्तिले कुनै एचडी फिल्म हेर्न चाहेको खण्डमा सजिलै सेवा लिन सक्नेछन् । त्यस्तै फोन फोहोर भएको खण्डमा त्यसलाई धोएर सफा गर्न सकिने समेत जनाइएको छ ।

त्यस्तै उक्त स्मार्टफोनमा १३ मेगापिक्सलको क्यामरा, ७ दशमलब ९ एमएम मोटाई समेतको विशेषता रहेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ