arrow

मह ब्रेन ट्यूमर र क्यान्सरको लागि उपयुक्त औषधी!

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
honey-farm.jpg

काठमाडौं ।  व्रेन ट्युमर र क्यान्सर रोगको उपचारका लागि मह निक्कै उपयोगी हुने तथ्य सार्वजनिक भएको छ ।  महको प्रयोग र उपयोगितासम्बन्धी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका न्युरो सर्जन डा बालकृष्ण थापाले महमा रहेका केही तत्वहरूलाई लिएर ब्रेन ट्युमर र क्यान्सरको उपचारका लागि औषधी बनाउन सकिने बताएका छन् ।

महमा हुने एन्टी अक्सिड र एन्टी सेप्टिक क्यान्सरको उपचारका लागि उपयोगी हुने उनको भनाइ छ। यस्तै मह विभिन्न घाउको सरसफाइ गर्नका लागि पनि उपयोगी रहेको डा थापाले बताए ।

 त्यस्तै विशेषज्ञ डा सुरेन्द्ररराज जोशीले मह धेरै उपयोगी भएर पनि महको सही तरिकाले उपयोग गर्न नसकिएको धारणा व्यक्त गरे। नियमित मह सेवन गर्नाले मानिसको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उनको तर्क छ ।

नेपालमा पाँच हजारभन्दा बढी मौरी पालक किसानहरू रहेका र उनीहरूले वार्षिक एक हजार सात सय मेट्रिक टन मह उत्पादन गरिरहेका छन्। नेपालमा उत्पादित मह जङ्गली मौरी सेरेना र विकसित मौरी मेलिफिरा जातका रहेका छन्। नेपालमा एक लाख २५ हजार गोला सेरेना र ३५ हजार गोला मेलिफिरा जातका मौरी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ