arrow

काठमाडौंमा बिजयी फुटबल खेलाडीको सम्मानमा देखिएका झलकहरु

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
football.jpg.jpeg
काठमाडौं। साग फुटबलमा स्वर्ण पदक बिजेता नेपाली फुटबल टोलीको काठमाडौंमा भब्य स्वागत भएको छ। २३ बर्ष पछि फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीलाई स्वागत गर्न हजारौं मानिसहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको आन्तरिक टर्मिनल अगाडी जम्मा भए। 
 
खेलाडीहरु बिमानस्थलमा ओर्लिने बित्तिकै प्रशंसकहरुले बिजय उल्लास मनाएका थिए। हातमा झण्डा लिएका प्रशंसकहरुको मुहारमा खूशी झलकिन्थ्यो त्यसैगरि खेलाडीहरु पनि अति प्रशन्न देखिएका थिए। स्वागतका लागि उपस्थित जनसाधारणहरुले हातमा नेपालको झण्डा र केहीले मुखमा नेपालको झण्डा पनि पेन्ट गरेका थिए। नेपाली सेनाको सजाईएको गाडीमा खेलाडीहरुलाई सहर परिक्रमा गराईएको थियो। नेपाली सेनाको ट्रकमा खेलाडीहरुलाई शहर परिक्रमा गराईने क्रममा नेपाली सेनाको ब्याण्डले खेलाडीहरुको सम्मानमा  बिभिन्न गीतहरु बजाए । 
 
यसअघि खेलाडीहरुको नगर परिक्रमा गराउँदा गाडीको सजावट र स्तरकाबारे समाजिक संजाल र सर्वसाधारणहरुबाट भएको नकरात्मक टिप्पनी प्रति ध्यान दिंदै यसपाली नेपाली सेनालाई यो जिम्मा दिईएको छ। यसअघि नेपाली टोलीलाई काँकडिटामा नागरिक अभिनन्दन गरिएको छ । मेची भन्सारको प्राङणमा अभिन्नदन गरिदै छ । बिद्यार्थी तथा फूटवल प्रेमीहरु हजारौको संख्यामा उपस्थिति भएका छन् । अभिन्नदन कार्यक्रममा खेलकूद मन्त्री सत्यनारायण मण्डल सहित जिल्ला स्थित कार्यलय प्रमूखहरुको समेत उपस्थित रहेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ