arrow

प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ, सम्बन्धलाई अझै प्रगाढ बनाउँछः भारतीय राजदुत

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
ranjit-1.jpg.jpeg
काठमाडौ । नेपाललागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकवीचको सम्बन्ध अझै प्रगाढ बन्ने बताएका छन ।रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदुत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए । 
 
उनले भने,‘ पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फु्रटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’
 
राजदुत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने,‘ हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’नयाँ दिल्ली र मम्बईमा आर्थिक क्षेत्रसँग अन्र्तक्रिया हुने जानकारी दिदै दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबै मुलुकको हित हुने धारणा राखे । राजदुत रेले प्रगाढ सम्बन्ध भएका दुई मुलुकवीच अलि अलि समस्या आउनु स्वभाविक भएको भन्दै सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरु अझै बलियो बनाउने पक्षमा रहेको बताए । उनले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुर्ननिर्माणको विषयमा ठोस धारणा आउने भन्दै सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे । 
 
राजदुत रेले सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखवीच र्भरहेको छलफल सकारात्मक भएको भन्दै पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भए पछि आफै अन्त्य भएर जाने दावी गरे । उनले नेपाले गठन गरेजस्तै प्रवुद्ध समूह भारतले पनि छिट्टै गठन गर्ने जानकारी दिदै त्यसले दुई मुलुकवीच कायम रहँदै आएका समस्यालाई संबादबाट सकारात्मक दिशामा अघि बढाउने विश्वास ब्यक्त गरे । राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि उनले यी विषय नेपालको आन्तरिक मामिला भएकोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ