arrow

अखिलमा नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
akhil-conventation.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाएको हो । विद्यार्थीका विभिन्न समूहका विवाद टुङ्गो सहमतिमा लगाएपछि मतदान सुरु गरिएको र मतदान आज रातिसम्म चल्नेछ ।
 
मतदानका लागि १८ वटा मतदान केन्द्र बनाइएको छ । एक पटकमा १२० जनाले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रक्रियामा देशभरबाट आएका एक हजार ५९७ मतदाताले मतदान गर्ने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
 
मतदानको गणनाका लागि अध्यक्ष मण्डलले मतदान प्रक्रिया सम्पन्न भएपछि विद्यार्थीबीच समझदारी कायम गरी आवश्यक नियम बनाउने र गणना गर्नेछ । बिहीबारदेखि जारी सम्मेलन समयमा सम्पन्न हुन नसकेका कारण आजसम्म लम्बिएको हो । तीनदिनमा रु ५० लाखको लागतमा सम्पन्न गर्ने योजना रहेको सम्मेलन प्रतिदिन रु २० लाखका दरले खर्च थपिएको बताइएको छ ।
 
वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाको समूहका बीच सङ्गठनको अध्यक्षमा प्रतिष्प्रर्धा छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ