arrow

तिवारीको जन्मजयन्तीको अवसरमा स्रष्टाहरु डंगोल र थापा सम्मानित

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
samman4.jpg

काठमाडौं। नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई सम्मान गरिएको छ।

नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत ललितकला क्याम्पस, तथा गायिका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा उहाँहरुलाइ सम्मान गरिएको हो।

शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा आजै लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उनकै विद्यार्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ। 

कार्यक्रममा कालजयी राष्ट्र्यि गीत नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुत गरीएको थियो । 

साथै लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि आजै बिमोचन गरिएको छ । कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जीवनमा आधारित निर्माणाधिन बृत्तचित्र “शोभाका स्मृतिहरु”का केही झलक पनि प्रस्तुत गरिएको थियो ।

नेपाल सांस्कृतिक संस्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका लोहनीका परिवार (दुई छोरी र छोरा बुहारी) ले उनको स्मृतिमा स्थापना गरेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरियो । उक्त कोष यसै वर्षदेखि स्थापना गरिएको हो र सो कोष राशी २ लाख रहेको छ । शोभा अर्जुन संगीत कोष श्रीमान् अर्जुन बाबु  तिवारी र शोभा तिवारी लोहनी दम्पत्तिको नाममा स्थापना गरिएको छ । 

छोरा आशिष तिवारी ,बहिनी स्मृती थपलिया तिवारी, बुहारी रोजिना तिवारी ढकाल,र रीचा शर्मा तिवारी भएर एउटा कोष खोल्ने समेत निर्णय भए बमोजिम शोभा अर्जुन संगीत कोषको नामकरण गरी यसै वर्षदेखी घोषणा गरीएको हो। कोषको निम्ती  २०७५ साल असार ३१ गते नै डार्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कलंकीमा  २ लाख रुपैयाँ जम्मा रकम जम्मा भइसकेको छ। 

कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। यसैगरी त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद तुलसी दिवसको प्रमुख आतिथ्यमा राष्ट्र्रिय नाचघर जमलको हलमा सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ