arrow

स्वर्ण विजेता टोलीका सदस्यलाई सरकारले जनही पाँच लाख दिने

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
football.jpg.jpeg
काठमाडौँ। बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा स्वर्ण पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सरकारले जनही रु पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो। विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन्। 
 
कार्यक्रममा स्वर्ण विजेता टोलीलाई सम्मान गर्दै मन्त्रीमण्डलले खेल खेलाडीका समस्यालाई प्राथमिकतामा राखेर आफूअघि बढेको बताउँदै भने– “नाकाबन्दीलगायत विविध समस्याका कारण सरकारले चाहेर पनि खेलाडीलाई सुविधा दिन सकेको छैन, यसका बाबजुद खेलाडीले खुसी दिलाउने काम गरेका छन्”– उनले भने “अब खेल क्षेत्रका समस्या हल गर्न मन्त्रिपरिषद्मा प्रस्ताव अघि बढाउँछु।” 
 
एन्फाका महासचिव धीरेन्द्र प्रधानले चाँडै एन्फाको कार्यसमितिको बैठक बसेर विजेता टोलीलाई उचित पुरस्कारको घोषणा गर्ने बताए। विजेता टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य र कप्तान विराज महर्जनले सबै नेपाली समर्थकको मायाले सफलता मिलेको बताउँदै आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ