arrow

राष्ट्रिय सभा : सुशासन समितिकाे सभापतिमा कांग्रेस सांसद तारादेवी निर्वाचित, लगत्तै सपथ ग्रहण

चार वटै विषयगत समितिका सभापति चुनिए

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
taradevi.jpg

काठमाडाै‌ं । राष्ट्रिय सभा अन्तर्गतकाे दिगाे विकास तथा सुशासन समितिकाे सभापतिमा नेपाली कांग्रेसकी माननीय सदस्य तारा देवी भट्ट निर्वाचित भएकी छन् । विहिबार भएकाे सभापतिकाे निर्वाचनमा उनकाे एकल उम्मेदवारी परेपछि निर्विराेध निर्वाचित भएकी हुन् । 

उनले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ समेत लिएकी छन‍् । दिगाे विकास समितिमा भट्ट एक्लैकाे उमेदवारी परेकाे थियो।

यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ ।  यसअघि दलीय सहमतिमा विधायन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन भइसकेका छन् । 

राष्ट्रिय सभाका समितिलाई पूर्णता दिने सन्दर्भमा निकै समय अल्झाएकाे प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभामा लेखा समितिले मात्रै नपुग्ने भनिरहेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ