arrow

संकल्प गण्डकी प्रदेशको नयाँ कार्यसमिति

logo
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
sankalpa-sanjal.jpg

पोखरा । शान्ति, न्याय र लोकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्पको गण्डकी प्रदेश स्तरिय भेलाले साबित्री खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

उपाध्यक्षमा सरिता तिम्सिना पगेनी , सचिबमा प्रमिला तझ्या  र कोषाध्यक्षमा रत्न गुरुङ  चयन भए । 

त्यसैगरी सदस्यहरुमा रजनी केसी, गंगा खपाङ्गी, आशा तामाङ, सरस्वती हरिजन र पहबिलुन मियाँ चयन भएका छन् । 

नब निर्बाचित समितिलाई बधाइ तथा शुभकामना दिदै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले महिलाको अर्थ पुर्ण सहभागीता, नेतृत्व विकास र महिला हिंसा न्युनिकरणका लागि संकल्पले महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिइन् । 

पछिल्लो समय बढ्दै गएका महिला बलात्कार हत्या जस्ता बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले छोरी जोगाउन सम्पुर्ण सरेकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताइन् । 

गण्डकी प्रदेशकी सांसद आशा कोइरालाले संबिधानले ब्यबस्था गरेका  महिला अधिकारका बिषयलाई व्यवहारिक कार्यान्वयन गर्दे लैजानु पर्नेमा जोड दिइन् । 

संकल्पकी केन्द्रिय अध्यक्ष लिलि थापाले अझै पनि समाजमा पितृसत्तात्मक सोचमा खासै परिबर्तन आउन नसकोको भन्दै, मुलुकी देवानी संहिता ऐन, २०७४ मा गरिएका कतिपय ब्यबस्था महिला मैत्री नभएकोले संसोधन गर्नु पर्नेमा जोड दिइन । 

कार्यक्रममा राष्ट्रिय मानब अधिकार गण्डकी प्रदेश कार्यालयकी उप निर्देशका नितु गड्तौला,  पोखरा महानगरपालिका वडा नं १ की वडा अध्यक्ष शारदा पराजुली, ७ का वडा अध्यक्ष रामचन्द्र बराल, संकल्पका केन्द्रीय सदस्य डा छत्र आमात्य, शान्तिको लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बिष्णु बराल, संकल्प गण्डकी प्रदेशकी निर्बतमान अध्यक्ष दुर्गा न्यौपाने , रुडुककी रजनी केसी, क्रियाशिल पत्रकार महिला कास्कीकी अध्यक्ष सरिता तिम्सिना पगेनी लगाएतले बोलेका थिए । 

संकल्प महिलाको सवालमा काम गर्ने बिभिन्न ११ वटा संस्थाहरुको संजाल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ