arrow

यी तीन रङमा उपलब्ध हुनेछ एप्पलको नयाँ आईफोन

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
iphone.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल १२ सेप्टेम्बरमा आफ्नो नयाँ आईफोन बजारमा ल्याउने तयारीमा रहेको छ । यस्तोमा आईफोनका विवरणहरु बाहिरिने क्रम बढेको छ । 

अहिले सार्वजनिक भएको विवरणमा नयाँ आईफोनको रङहरुबारे खुलासा भएको छ । अहिले ६.१ इन्चको एलसीडी आईफानेको विवरणहरु सार्वजनिक भएका हुन् । बाहिरिएको विवरणअनुसार नयाँ आईफोन ३ कलर वारियन्टमा आउन लागेको हो । सो स्मार्टफोन सेतो, रातो र निलो रङमा उपलब्ध हुनेछन् । 

सेतोबाहेक अरु दुई रङ कम्पनीका लागि नयाँ हो । अनलाइनमा सार्ववजनिक भएको तस्बिरअनुसार ६.१ इन्चको आईफोनमा केवल एउटा रेयर क्यामेरा रहनेछ । फोनको दायाँपट्टि पावर बटम रहेको छ भने दुई सिमकार्डको लागि सिमकार्ड स्लट दिइएको छ । यससँगै एप्पल दुई सिम लाग्ने पहिलो आईफोन सार्वजनिक गर्ने तयारीमा रहेको खुलेको हो । 

यसअघि यो उत्पादनको मूल्य पनि सार्वजनिक भएको थियो । आईफोन एक्सएसको मूल्य ९०९ युरो तोकिएको छ भने आईफोन एक्सएसको मूल्य ११४९ युरो तोकिएको छ ।

सेप्टेम्बर १२ मा हुने एक समारोहमा एप्पलले आफ्नो आईफोन एक्स प्लस, आईफोन एक्सएस र ६.१ इन्चको स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा रहेको छ । तीनै मोडलहरुमा आईफोन एक्समा जस्तै डिजाइन, डिस्प्ले हुने अनुमान गरिएको छ । तीन उत्पादनहरु आईओएस १२ मा चल्नेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ