arrow

काँग्रेस रुकुममा संस्थापन पक्षका ओली विजयी

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
congress.jpg.jpeg.jpeg
रुकुम ।  नेपाली काग्रेस रुकुमको छैटौ जिल्ला अधिबेशनको गएराति तिन बजे सकिएको मतगणना अनुसार प्रेमप्रकाश ओली झिनो मतको अन्तरले विजय भएका छन् । उनीहरुका विचमा जम्मा ३६ मतको अन्तर रहेको छ । 
 
ओलीको मत २५९ रहेको छ भने उहाका निकटत प्रतिद्धन्द्धी कृष्ण बहादुर रोकायको २२३ रहेको छ ।  सभापतिमा विजयी भएका ओली संस्थापन पक्षका मानिन्छन् । 
 
निकै कडा प्रतिष्पर्धा भएको मत परिणाम अनुसार सचिव पदमा हर्कसिह खत्रीलाई पराजित गदै भिम खड्का विजय भएका छन् । खड्काको २६३ रहेको छ भने खत्रीको १९६ मत रहेको छ । यसमा जम्मा ६७ मतको अन्तर देखिएको छ । कोषाध्यक्षमा मोहवीर खड्का निर्विरोध निर्वाचित भैसकेका छन् । 
 
अन्य सदस्यहरुमा क्षेत्र नम्बर २ मा पुरै ओली प्यानल विजय भएको छ भने क्षेत्र नम्बर १ मा भने नतिजा बराबर जस्तै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ