- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिंहदरबारभित्र काम गर्ने कर्मचारीहरुमा मधुमेह र उच्च रक्तचापको भण्डार रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले निजामति दिवसका अवसरमा सिंहदरबारस्थित हेल्थ डेक्समा भदौ २१ र २२ मा मधुमेह र उच्च रक्तचापको विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेकामा मधुमेह र उच्च रक्तचापका बिरामी रहेको देखाएको हो ।
गत फागुन १५ गतेदेखि संचालित डेक्सले हालसम्म १५ सय बिरामीको स्वास्थ्य परीक्षण गरेको छ ।
बिहिवार र शुक्रवार भने २६० जनाको विशेषज्ञ सेवा दिएको हेल्थ डेक्स प्रमुख दिपक मुडभरीले जनाए ।
हालसम्म कर्मचारीहरूमा उच्च रक्तचाप र मधुमेह, टाउको दुख्ने , ग्यास्टिक र ढाड दुख्ने प्रमुख समस्या देखिएको जनाइएको छ ।
दुवै दिन वीर अस्पताल, गंगालाल अस्पताल र टिचिङ मनमोहन मुटु सेन्टरका बरिष्ठ चिकित्सकले सेवा दिएका थिए ।
साथै इको, इसीजी, ब्लड सुगर, ब्लड प्रेसर जाँच गरिएको र मधुमेहका २० जना र ब्लड प्रेसरका ३० जना नयाँ बिरामी फेला फरेको मुडभरीले बताए ।