arrow

काँग्रेस प्यूठानको सभापतिका लागि पुनः निर्वाचन हुने

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
13th-congress.png.png.png
प्यूठान। नेपाली काँग्रेस प्यूठानको जिल्ला सभापतिका लागि पुनः फागुन ८ गते निर्वाचन हुने भएको छ ।
 
तेह्रौँ महाधिवेशनअन्तर्गत माघ २५ गते सम्पन्न भएको जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवारहरुले स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन गर्नुपरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिनुभयो ।
 
नेपाली काँग्रेसको विधानअनुसार सभापति पदका लागि कुल मतदानको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । यस अगाडि भएको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार तीनजना भएपछि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ