arrow

काँग्रेस अछाममा स्वाँर विजयी

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
congress.jpg.jpeg.jpeg
भीमदत्तनगर। नेपाली काँग्रेस अछामको सभापतिमा भरतकुमार स्वाँर विजयी हुनुभएको छ ।
 
बुधबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी गणेशबहादुर विष्टलाई १२० मतले पछि पार्दै पूर्व सभापतिसमेत रहनुभएका स्वाँर विजयी हुनुभएको हो ।
 
कुल ७०६ मतमध्ये ६६९ मत खसेको थियो । जसमा स्वाँरले ३९५ र विष्टले २७५ मत प्राप्त गरेको नेपाली काँग्रेस अछामले जनाएको छ ।
 
त्यसैगरी काँग्रेस अछामको कार्यसमितिको सचिव पदमा नमबहादुर शाही र कोषाध्यक्षमा झङ्करबहादुर साउद मङ्गलबार नै विजयी भइसकेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ