arrow

फिल्म हलमा भिडियो प्रिमियर

दिपेन्द्र केसीको निर्देशनमा बनेका दुई भिडियो बुधबार एकसाथ सार्वजनिक गरिएको छ ।

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
12442856_209735579381066_389191262_n.jpg.jpeg
काठमाडौं । प्राय गरी फिल्महरु मात्र प्रिमियर हुने फिल्म हलमा बुधबार भने म्युजिक भिडियोको प्रिमियर गरिएको छ । दिपेन्द्र केसीको निर्देशनमा बनेका दुई भिडियो बुधबार एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको बागबजार स्थित सिटिम्याक्स सिनेका हलमा केसीको ‘एक्शन कट’मा तयार दुई भिडियो सञ्चारकर्मी तथा नेपाली संगीत र फिल्मसँग सम्बन्धित विशिष्ट व्याक्तित्वहरुको माझ सार्वजनिक गरियो ।  

१ सय भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका केसीले सिनेमा हलमा गरिएको भिडियो प्रिमियरलाई नेपालमा नै पहिलो पटक दाबी गरेका छन् । केसीको भिडियो पछिल्लो हप्ता रिलिज भई बक्सअफिसमा हिट भईसकेको फिल्म ‘क्लासिक’का निर्देशक दिनेश राउतको विशेष आतिथ्यतामा प्रिमियर गरियो ।  वादल प्रसाईं को स्वर समावेश ‘हिमालमा’ र रामचन्द्र काफ्लेको स्वर समावेश ‘तिम्रो मिठो’ बोलको गीतको भिडियोमा अभिनय क्रमशः सुर्विना कार्की, पियुष कर्ण भुमिका खड्का, सनि निधी र मनिष अग्रवाल तथा रिमा विश्वकर्मा, अच्युत पोखरेलको अभिनय छ ।

‘हिमालमा’ बोलको गीतमा कोरियोग्राफी प्रशान्त तामाङले गरेका छन् भने बिदुर पाण्डेको छायाँकन छ भने प्रकाश तुलाधरको सम्पादन छ । गीतको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिकले गरेको छ ।  त्यस्तै ‘तिम्रो मिठो’ बोलको गीतमा छायाँकन रोशन श्रेष्ठ र ह्यारी महर्जनको छ भने टेकेन्द्र शाहको सम्पादन छ । यो भिडियोलाई निर्माण तथा बजार व्यवस्थाप कुञ्जाईट ईन्टरटेन्मेन्टले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ