arrow

प्रधानमन्त्री ज्यू प्रविधिको प्रयोग गर्ने हो कि !

भविष्यका कर्णधारको चित्त किन दुखाउनु है प्रधानमन्त्री ज्यू !

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
education-day-pm.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘म १८ घण्टा काम गर्छु ।’ उनले थपेका थिए, ‘म्याराथन गर्न सक्दिन, बक्सिङ खेल्दिन ।’ उनको आषय भाषणमै थियो । 

देशको प्रधानमन्त्री त्यसमाथि स्वास्थ्य स्थिति ठीक नभएका अवस्थामा ओलीले यसरी आराम बिना निरन्तर विभिन्न कार्यक्रममा व्यस्त रहनु पक्कै राम्रो हैन । 

उनी यतिसम्म व्यस्त हुन्छन् कि एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा जाँदा पर्खाइले गर्दा ढल्नेहरु पनि धेरै हुन सक्छन् । 

शनिबार भयो त्यस्तै । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे राखिएको थियो । प्रधानमन्त्री ओली पुगे ३ बजे । 

प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका रहेका थिए ।

ती स्कुलेलाई १२ बजे नै हलमा प्रवेश गराइएको थियो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

यतिसम्म भयो कि हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।

औपचारिक कार्यक्रम ५ घण्टापछि सकियो । त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए । १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको उनीहरुले गुनासो गरे ।

पाँच घण्टासम्म शौचालयसमेत जान नपाई एउटै ठाउँमा बस्नु परेपछि विद्यार्थीहरुको हालत के भए होला । 

यहाँमात्र हैन अधिकांश स्थानमा प्रधानमन्त्री ओलीका कारण नै पर्खाइमा रहनेहरु धेरै हुन्छन् । 

स्कुले विद्यार्थीहरुको दिमागमा देशको प्रधानमन्त्री कस्तो हुनुपर्छ त भन्नेसमेत ख्याल हुने गर्दछ । भोलिका कर्णधारको दिमागमा अहिलेदेखि नै छटपटी राख्ने हो भने के प्रभाव पर्ला । त्यो पनि शिक्षा दिवसमा । कस्तो शिक्षा मिलेहोला । 

यसरी भविष्यका कर्णधारको चित्त किन दुखाउनु है प्रधानमन्त्री ज्यू !

 

प्रधानमन्त्री ज्यू प्रविधिको प्रयोग गर्ने हो कि !
अहिलेको जमानामा प्रविधिको प्रयोग गर्न सकिन्छ । भिडियो कन्फरेन्स गर्न सकिन्छ । भिडियोमा सन्देश दिन सकिन्छ । 

देश विकासका धेरै एजेन्डाहरु बाँकी छन् । त्यस्ता थिङ्क ट्यांकहरुलाई प्रधानमन्त्री निवासमा बोलाएरै छलफल गरी एउटा निष्कर्षमा पुग्न सकिन्छ । 

सबै कार्यक्रममा धाएर र १८ घण्टा जागा बसेर विकास हुनेवाला छैन । सबै कार्यक्रम भ्याउने कीर्तिमान बनाउने धुनमा ज्यान तलमाथि भयो भने देशले ठूलो नोक्सानी ब्यहोर्ने छ । 

तसर्थ प्रधानमन्त्री ज्यू कर्णालीबाट भिडियो कन्फरेन्स गर्न सक्नेले बालुवाटारबाटै गर्दा  राम्रो हुन्थ्यो कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ