arrow

कपिलको फिल्मी रेट पाँच करोड

जब फिल्मको सुटिङको तयारी भयो, त्यो बेला कपिलले प्रत्येक फिल्मबाट पाँच पाँच करोड रुपैंयाँ मागे ।

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Kapil-Sharma.jpg.jpeg
मुम्बई । बलिउडका कमेडियन कपिल शर्माको टेलिभिजन शो ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भए पनि उनको ख्यातीमा कुनै कमि आएको छैन । यो कुरालाई कपिलले पनि राम्ररी बुझेका छन् । यसै कारणले पनि उनले एक फिल्मको लागि ५ करोड पारिश्रमिक माग गरेका छन् ।

कपिलले डेब्यु गरेको फिल्म ‘किस किसको प्यार करुँ’ले बक्स अफिसमा राम्रो रेस्पोन्स पाएको थियो । यो फिल्मकै पुरै भार कपिलको काँधमा नै थियो । यसकारण पनि उनको आत्मविश्वास निकै बढेको छ । गत वर्ष रिलिज भएको अब्बास मस्तानको फिल्म ‘किस किसको प्यार करुँ’मा कपिलको अपोजितमा ४ नायिका थिए । 

समाचार अनुसार यो फिल्मपछि अब्बास र तीन प्रोडक्सनले कपिललाई आफ्नो प्रोजेक्टका बारेमा कुरा गरेका थिए । जब फिल्मको सुटिङको तयारी भयो, त्यो बेला कपिलले प्रत्येक फिल्मबाट पाँच पाँच करोड रुपैंयाँ मागे । तर निर्मातालाई कपिलको फ्यान फलोइङका कारण पनि उक्त बजेट रिकभरी नहुन सक्ने शंका लागेको छ । अब कपिलले मागेको रकम पाउँछन् या पाउँदैनन् भन्ने हेर्न बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ