arrow

थर संशोधन गर्न प्रहरी सरजमिन

कार्यालयबाट यसअघि दलित समुदायका व्यक्तिले सजिलै थर संशोधन गरी नेपाली नागरिकता लिँदै आएका थिए ।

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Tanahu-hamrakura.jpg.jpeg
तनहुँ। जिल्ला प्रशासन कर्यालयले थर संशोधनका लागि सरजमिन आवश्यक पर्ने जनाएको छ । कार्यालयबाट यसअघि दलित समुदायका व्यक्तिले सजिलै थर संशोधन गरी नेपाली नागरिकता लिँदै आएका थिए । 

राष्ट्रिय दलित आयोगले सूचीकृत गरेको दलित जाति थर राखी नेपाली नागरिकता लिने गरेकोमा अहिले आएर प्रहरीको सरजमिन बिना थर संशोधन गर्न नपाउने व्यवस्था गरेको हो । 

राष्ट्रिय दलित आयोगका सदस्य सचिव सीताराम घलेले जिल्ला प्रशासनमा आएर प्रहरी सरजमिन बिना थर संशोधन नगरिदिनु भनेपछि बाध्य भएर यो प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँंवरले जानकारी दिए ।  ‘यो प्रक्रिया सर्वसाधारणका लागि झन्झटिलो भएको मैले पनि महसुस गरेको छु, तर सम्बन्धित निकायले भनेपछि गर्नैप¥यो,’ प्रमुख जिल्ला अधिकारी कुँंवरले भने । 

सुरुमा पहिलो पटक नेपाली नागरिकता लिने दलितको लागि प्रहरी सरजमिन नगराउने तर पुराना प्रतिलिपि नागरिकता बनाएर थर संशोधन गर्नको लागि भने प्रहरी सरजमिन आवश्य पर्ने प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ