arrow

ड्रिम्स नायिका साम्राज्ञी भन्छिन्,‘अनमोल नै राम्रो ।’

‘पहिला त भुवन केसी लाग्थ्यो, अहिले चाहिँ अनमोल नै हो ।’

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Samragya.jpg.jpeg
काठमाडौं । झण्डै ३० वर्षदेखि नेपाली फिल्म क्षेत्रमा हँसिला र रोमान्टिक नायकको पहिचान बनाएका भुवन केसीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यो फिल्ममा भुवन पुत्र अनमोलले प्रमुख भूमिकामा अभिनय गरेकाले पनि फिल्मको चर्चा रिलिज अघि नै ह्वात्तै बढेको छ । यसअघि ‘होस्टेल’ र ‘जेरी’बाट युवा दर्शकको ध्यान आफुतिर तान्न सफल अनमोलसँग ‘ड्रिम्स’मा नवनायिका साम्राज्ञ राज्यलक्ष्मी शाहले डेब्यु रोमान्स गर्दैछिन् ।

पहिलो फिल्ममा युवापुस्तामाझ स्टार बनेका कलाकार अनमोलसँग अभिनय गर्दा अप्ठ्यारो लागे पनि काम गर्दै जाँदा चाहिँ उनलाई सजिलो भएको रहेछ । ‘शुरुमा फिल्ममा अभिनय गर्दा पक्कै पनि केही अप्ठ्यारो लागेको थियो, तर काम गर्दै गएपछि सबैको सहयोगले सजिलो भयो,’उनले भनिन्, ‘फिल्ममा अनमोलसँग काम गर्दा पनि रमाइलो भयो ।’

अनमोलले पनि शुरुमा नयाँ युवतीसँग काम गर्दा अप्ठ्यारो भए पनि घुलमिल हुँदै गएपछि सजिलो भएको बताए । ‘शुरुमा भेट हुँदा मैले खासै चासो दिईन्, तर काम गर्दै गएपछि चाहिँ उनको काम राम्रो लाग्यो ।’ उनले भने ।  त्यसो त भुवनले पनि साम्राज्ञीको कामको राम्रै तारिफ गरेका छन् ।

सबै युवतीको चाहना हेण्डसम केटा विवाह गर्ने नै हुन्छ । साम्राज्ञीको चाहना पनि त्यस्तै छ । साम्राज्ञीलाई अनमोल र भुवनमध्ये रोजाईमा को भनेर सोध्दा उनले भनिन्, ‘पहिला त भुवन केसी लाग्थ्यो, अहिले चाहिँ अनमोल नै हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ