arrow

' प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालो झण्डाले स्वागत गरिने '

उच्च सुरक्षा सतर्कता

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
kp-oli.jpg.jpeg
काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँ दिल्लीमा कालो झण्डाले स्वागत हुने भएको छ। तर यो स्वागत कुनै भारतीय नेता कार्यकर्ता र जनाताको तर्फबाट हुनेछैन। विरोध जनाउने क्रममा प्रधानमन्त्री ओलीलाई कालोझण्डाले स्वागत गर्ने तयारी भने नेपालीहरुले नै गरेका हुन्। 
 
प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीमा मधेशी–थारुहरुले कालो झण्डा देखाउनुका साथै विरोध प्रदर्शनका कार्यक्रमहरुको तयारी गरेका छन्। विशेष गरि भारतीमा उच्च अध्ययन गरिरहेका तराई मधेशका यूवाहरुले ‌ओली बिरुद्ध कालो झण्डा देखाएर विरोध जनाउने बताएका छन्। 
 
युनाइटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले दिएको जानकारीअनुसार मधेशी–थारु–आदिवासी जनजाति विद्यार्थीहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तयारी गरेका छन्।
 
फागुन ७ गते शुक्रवार प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री आएको बेलामा आफूहरुले बिरोध कार्यक्रम गर्न लागेको आयोजकहरुको भनाई छ। प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रधानमन्त्री ओलीको विरोधमा कार्यक्रमहरु हुने दिल्लीका विरोध कार्यक्रमका आयोजकहरुले बताएका छन्। उनले नेपाली दुतावास अगाडि पनि प्रदर्शन हुन सक्ने जनाएका छन्। छिमेकी देशका प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतले सुरक्षा लगायतका विभिन्न कारणले महत्व दिइरहँदा विरोधका कार्यक्रमहरुको समय र स्थान भने गोप्य राखिएको उनीहरुको भनाई छ।
 
भारत सरकारले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रधानमन्त्रीलाई कुनै पनि विरोधका कार्यक्रमको सामना गर्नुनपर्ने गरि कार्यक्रम र सुरक्षाको तयारी गरेको भारतस्थित नेपाली दुतावास स्रोतले बताएको छ। भारत सरकारलाई दिल्लीमा हुनसक्ने अवाञ्छित गतिविधीको बारेमा सतर्क गराइएको पनि दुतावास स्रोतले बताएको छ। 
 
यसैबीच प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालका नीजि क्षेत्रका सञ्चारकर्मीहरुलाई नलगेको भन्दै रिपोर्टस क्लवले विरोध जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ