arrow

युरोपका कांग्रेस कार्यकर्तालाई कांग्रेस बरिष्ठ नेता पौडेलले सम्बोधन गर्ने

logo
भरत प्रधान,
प्रकाशित २०७५ भदौ २५ सोमबार
paudel-ramchandra-news.jpeg

लिस्बन। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा आउने भएका छन्।युरोपका बिभिन्न मूलुकमा रहेका नेपाली जनसम्पर्क समितिद्धारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न नेता पौडेल युरोप आउन लागेका हुन् ।

पूर्व सभामुख तथा उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले युरोपका आधा दर्जन बढी मूलुकमा आयोजना हुने भेला तथा अन्तर्क्रियालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको नीजि सचिवालयले जनाएको छ।

पौडेलले लग्जम्बर्ग, बेल्जियम, फ्रान्स, स्पेन, स्विजरल्याण्ड, जर्मनी, नेदरल्याण्ड र पोर्चुगलमा आयोजना गरिने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। नेता पौडेलले नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गर्ने नेपालमा संघियताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका बिषयक अन्तरक्रियालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेले जानकारी दिए । यही सेप्टेम्बर २० तारिख राजधानी लिस्बनको आन्जुसस्थित जिनासियो हलमा अन्तर्क्रिया कार्यक्रम हुने घिमिरेले बताए । 

यसअघि नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जम्बर्गको १६ सेप्टेम्बरमा हुने अधिबेशनलाई सम्बोधन गर्नेछन्। यस्तै नेपाली जनसम्पर्क समिति बेल्जियमले १७ सेप्टेम्बरमा आयोजना गर्ने बृहत् अन्तर्क्रियालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेता पौडेलले १८ सेप्टेम्बरमा फ्रान्स, २१ सेप्टेम्बरमा स्पेन, २२ सेप्टेम्बरमा स्विजरल्याण्ड, २४ सेप्टेम्बरमा जर्मनी र २५ सेप्टेम्बरमा नेदरल्याण्डमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ