arrow

दुर्गम बस्तीहरुमा पूर्ण स्तनपान गर्ने बढे

बालबालिकाको कुपोषणको लागि जोखिम मानिने यस जिल्लामा पूर्ण स्तनपान नगराउनु पनि एक सूचकका रहेको थियो ।

logo
शैलेन्द्र रोकाया, बझाङ
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Bajhang-hamrakura.jpg.jpeg
सुदूरपश्चिमको हिमाली जिल्ला बझाङका दुर्गम बस्तीहरुमा पूर्ण स्तनपान गर्नेको संख्या उल्लेख्य बढेको एक अध्ययनले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको एक अध्ययन अनुसार दुई बर्षको अबधीमा ६० प्रतिशतबाट बढेर ९० प्रतिशत पुगेको हो । 

बालबालिकाको कुपोषणको लागि जोखिम मानिने यस जिल्लामा पूर्ण स्तनपान नगराउनु पनि एक सूचकका रहेको थियो । जिल्लाको पोषणको स्थिति सुधार गर्नका लागि बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुको पहलबाट यसको प्रतिशत बढेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी गगांप्रसाद जोशीले बताए । उनले बिगतका ४ बर्ष यता गाँउ घरमा समेत चेतना अभिबृदि भएर छ महिनासम्म पूर्ण रुपमा स्थनपान गराउनुपर्ने धारणको बिकास भई सकेकाले यस बर्ष भित्र सय प्रतिशत पुर्याउने लक्ष्य राखिएको बताए । जोशीले नियमित खोप लगाउने सत प्रतिशत बिगत तिन बर्षयता स्वास्थ्य सस्थामा गर्भवती गराउनेको सख्या ९३ प्रतिशतबाट बढेर एक सय छ प्रतिशत स्वास्थ्य सस्थामा नियमित गर्भजाँच गराउनेको सख्या ४७ प्रतिशतबाट ५९ प्र्तिसत दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनेको संख्या ३८ प्रतिशतबाट बढेर ५९ प्रतिशत ,स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको संख्या३५ प्रतिशतबाट बढेर ६१ प्रतिशत पुगेको बताए । उनले स्वास्थ्य कार्यालयले यस कार्यमा पोषणमा आहारा सुरक्षित मातृत्वमा युनिसेफ परिबार नियोजनमा यूएनएफपिएको महत्वपूर्ण भुमिका रहेको समेत जानकारी गराए ।

बालबालिको पोषणको स्थिति बिस्तार बिस्तारै बढदै गएको जिल्ला स्वास्थ्य कार्यालयका बिभिन्न सुचकहरुले समेत देखाएको छ । माझीगाँउ ५ महिला स्वास्थ्य स्वयम् सेविका लिलामती देबी रोकायाले बिगतका बर्षहरुमा छ महिना सम्म पूर्ण रुपमा स्तनपान गराउनु पर्छ भन्ने चेतनासम्म नभएको हाम्रो समाजमा सुआहारा कार्यक्रम लागु भए पछि यसमा थप सुधार भएको बताईन् । उनले चार पाच महिना नपुग्दै बच्चालाई अन्न खुवाउने चलनको समेत अन्त्य भई पुर्ण स्तनपान गराउनेको संख्या बढेको समेत दावी गरिन् । पिपलकोट गाबिस  ५ की एक हजार दिनको बच्चा कि आमा गगाँ देबी ऐडीले छ महिना सम्म पुर्ण रुपमा स्तनपान पनि कुन आसनमा गराउदा बच्चाले बढी दुध चुस्न सक्छ सोही आसनमा खुवाउने गरेको बताईन् । उनले नियमित बच्चाको तौल जाचँ खानपान ब्याबहार सरसफाईको क्षेत्रमा बिगत ४ बर्षमा उल्लेख्य परिबर्तन भएको बताईन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ