arrow

निर्णायक बैठक : प्रमको भारत भ्रमणअघि मोर्चा सहितको राजनीतिक संयन्त्र बन्ला ?

भ्रमण अघि गठनको विषय प्रमको चाहना मात्रै हो : सुमन

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Madhesi_Morcha_Govt_Talk.gif.gif
काठमाडौं । प्रदेश सिमाङ्कन लगायतका विषयमा सहमति जुटाउन तथा संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्न मोर्चा सहितको राजनीतिक संयन्त्र गठनबारे निर्णय गर्न दिउँसो तीन बजे संयुक्त कार्यदको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने बैठकबाट संयन्त्र गठन गर्नेबारे टुंगो लाग्ने कार्यदल सदस्यहरुले बताएका छन् । 
 
कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले बैठकमा संयन्त्र गठनबारे ठोस निर्णय गर्ने प्रयास हुने बताए । यद्यपि, मधेसी मोर्चाका नेताहरु तत्काल संयन्त्र बन्नेमा विश्वस्त छैनन् । उनीहरुले शीर्ष तीन दलले प्रधानमन्त्रीको भारत भ्रमण अघि संयन्त्र गठन गर्ने बताउँदै आएपनि सबैको चाहाना एउटै नरहेको बताएका छन् । सद्भावना महामन्त्री मनीष सुमनले भारत भ्रमण अघिनै राजनीतिक संयन्त्र गठन गर्ने प्रधानमन्त्रीको चाहना होला तर, सम्वादमा बस्नेहरु कोही तत्पर छैनन्–भने । 
 
कार्यदल सदस्य एवं एमाओवादी महासचिव कृष्णबहादुर महराले संयन्त्र गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको भन्दै संयन्त्र घोषणा भइसकेको बताए । घोषणा भएर मात्र भो त खै गठन भा ? जवाफमा महराले त्यसबारे अब छलफल हुन्छ–भने ।
 
सरकारकातर्फबाट कार्यदल खास प्रतिनिधी रहेका रक्षामन्त्री भीम रावलले संयन्त्र गठनबारे छलफल भइरहेकाले टुंगो लाग्न सक्ने बताए । संयन्त्र मोर्चा सहितको की एक तर्फी दलहरुको मात्रै ? रावलले भने, ‘त्यसबारे आजको छलफलपछी थाह हुन्छ, अहिले सम्म केही टुंगो लागेको छैन ।’ यसअघि, वुधबार साँझ बसेको कार्यदल बैठकले मोर्चासंग कुरो नमिलेपनि प्रधानमन्त्रीको भारत भ्रमण अघि एकतर्फी भएपनि संयन्त्र गठन गर्ने निष्कर्ष निकालेको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ