arrow

इलाम कांग्रेस सभापतिमा हिमालय कर्मचार्य बिजयी

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
himal2.jpg.jpeg
इलाम । नेपाली कांग्रेस जिल्ला सभापतिमा हिमालय कर्मचार्यले बिजयी भएका छन्  । उहाँले भेषराज आचार्यलाई पछि पार्दै बिजयी  भएका हुन् । कर्मचार्यले ३६७ मत प्राप्त गरे भने  आचार्यले २६४ मत प्राप्त गरे । भने ३ मत खाली रहेको थियो । चुनावी प्रकृया अघि बढी रहेको बेला शुशील कोइरालाको निधन पछि चुनावी प्रक्रिया स्थगन भएको थियो ।
 
गत माघ २५ को अधिवेशनमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने कर्माचार्य–आचार्यबीच दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा कर्मचार्यले २३७ मत र आचार्यले १२० मत प्राप्त गरेर पहिलो र दोस्रो भएका थिए । अन्य सबै निर्वाचन सकिए पनि सभापतिको चुनाव रोकिएको थियो । गौतमबुद्ध सभागृहमा बिहिबार भएको चुनाव बिहान ११ बजे देखि ३ बजेसम्म चलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ