arrow

बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
belgium_teej.jpg

लिस्बन। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा बेल्जियमको राजधानी ब्रसेल्समा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । सो अवसरम भेला भएका दिदीबहिनीहरुले सामूहिक दर खानुका साथै एक आपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपाली राष्ट्रिय गानसँगै शुरु भएको कार्यक्रम नेपालबाट आएका कलाकारद्वय गायिका सितल पाण्डे र मोडल अञ्जली अधिकारीले आ–आफ्नो सांगितीक प्रस्तुती मार्फत् सहभागीहरुलाई नचाएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा नेपाली राजदुतावास  बेल्जियमका द्धितीय सचिब भोजराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा एनआरएन बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, नेपाल ब्रसेल्स आमा समूहकी अध्यक्ष  देवी गौतम, केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम लगायतले प्रवासमा हुने यस्ता खालका सांस्कृतीक गतिबिधीले नेपाली लोक संस्कृतीको संरक्षण र प्रबर्द्धनमा टेवा पूग्ने बताए ।

कार्यक्रम केन्द्रका उपाध्यक्ष सरस्वती सुबेदीको स्वागत तथा केन्द्रका महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालकलाकारहरुको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ