arrow

जुम्ला काँग्रेस सभापतिमा दिप बहादुर शाही

महाधिवेशन प्रतिनिधि १२ जनामा ९ जना संस्थापन पक्षका

logo
रुवेन भण्डारी
प्रकाशित २०७२ फागुन ६ बिहिबार
dip-badhaur-shahi-jumla.jpg.jpeg
जुम्ला।नेपाली काँग्रेसको छैटौ जिल्ला अधिवेशनबाट दिप बहादुर शाही काँग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिद्धोन्दि खड्ग सेजुवाललाई पराजित गर्दै उनि सभापतिमा निर्वाचित भएका हुन्। उनले एक सय ६१ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी सेजुवालले एक सय १८ मत प्राप्त गरे। मंगलबार भएको निर्वाचनमा ५१ प्रतिशत मत नआएपछि विहिवार सभापतिको लागि पुन उप निर्वाचन भएको हो।
 
यस अघि सम्पन्न भएको निर्वाचनमा दिप बहादुर शाहीले एक सय २५, खड्ग सेजुवालले ९५, भक्त बहादुर रोकायाले २५ र नारयण शाहीले २७ मत ल्याएका थिए। सभापतिका ४ जना उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि विहिवार पुन उप निर्वाचन भएको हो। कुन मतदाता ३ सय ११ रहेकोमा निर्वाचनमा तिन सय १० मत खसेको थियो। 
 
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फबाट सवै भन्दा वढी एक सय ८९ मत ल्याएर दिपक शाही, दोस्रोमा एक सय ७६ मत ल्याएर संसद ललितजंग शाही, लंकबहादुर शाही, गोरीनन्द आचार्य, धनबहादुर बस्नेत र नरविर रावत रहेका छन् भने महिला तर्फ कान्तिका सेजुवाल, रामतुला बुढा, जनजातिमा लोकदर्शन श्रेष्ठ अपा∙  अल्पशंख्यकमा भिमनिधि हमाल, दलितमा जनक कामी रहेका छन्। सभापति सहित १२ जना महाधिवेशन प्रतिनिधिमा ९ जना संस्थापन पक्षका रहेका छन् भने ३ जना देउपा पक्षका रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ