arrow

‘सागमा स्वर्ण जित्नै गएका हौं’ : नवयुग (भिडियो अन्तर्वार्ता)

खेल हेरिरहेकी नवयुगकी आमाले फाइनल जितोस भनेर गजुरमुखी देवीलाई परेवा उडाउने भाँकल गरिन्

logo
गौरव पोखरेल,
प्रकाशित २०७२ फागुन ६ बिहिबार
nawa.jpg.jpeg
काठमाडौं । बंगबन्धु गोल्डकपमा च्याम्पियन बन्दा नेपाली खेलाडीलाई धेरैले संयोगमात्र ठानेका थिए। कतिपयले सागमा देखिन्छ–समेत भनेका थिए । साग जित्नु चानचुने कुरा थिएन । तर, साग जित्ने कसम खाएर युवा खेलाडी होमिएका थिए । बंगबन्धु गोल्डकप जितेकै दिन ह्याट्रिक ब्वाइ नवयुग श्रेष्ठले हाम्राकुरालाई अबको लक्ष्य साग जित्ने हो भनेका थिए । इलामको मंगलबारेमा जन्मिएका नवयुगको बुवा समेत फुटबलको खेलाडी भएको कारण बुवाले फूटबल किनेर दिदाँ दंग पर्थे । स्कूल स्तरीय फुटवलमा समेत उनी धेरै गोल कर्ता बन्थे । फुटवल खेल्न निष्किदा उनकी आमाले खर्च दिएर पठाउथिन् । सागको भारत बिरुद्धको खेल हेर्दै गर्दा नेपालले जितोस भनेर नवयुगकी आमाले गजुरमुखी देवीलाई परेवा उडाउने भाँकल समेत गरेकी थिइन् । 
 
खेलप्रेमी परिवारमा जन्मिएका नवयुगले बाल्यकालमा उद्दीप क्लब र त्रिवेणी क्लबले खेलाएको खेललाई झल्झली सम्झिए। धेरैले नवयुगलाई एकै चोटी स्टार भएको झै सम्झिएका छन् । तर, उनी यो भन्दा अगाडी भएका दुई पटकको राष्ट्रिय लिकको लगातार सर्वाधिक गोल कर्ता हुन्–भन्ने थोरैलाई मात्र थाहा छ । दुई पटकको राष्ट्रिय लिकको उच्च गोल कर्ता हुँदा समेत नेपालको राष्ट्रिय टिममा भने केही समय अघिमात्र डेब्यु गरेका हुन् । आर्मीबाट ए डिभिजनमा छिरेका नवयुगको क्षमताको बारेमा अहिले मात्र आमनागरिकले थाहा पाएका हुन्।
 
वि.सं. २०४७ सालमा इलामको मंगलबारे (हालको देउमाई नगरपालिका) मा बुबा चन्द्र केशर श्रेष्ठ र आमा बसुन्धरा श्रेष्ठको जेठो छोराका रुपमा जन्मेका उनी स्कूले जीवन देखी नै अब्वल थिए भन्ने कुरा यी २०५८ सालमा उद्दीप क्लवले आयोजना जुनियर फूटबलमा सहभागि हुदाको यो फोटोले स्पष्ट हुन्छ। 
 
भानुभक्त उच्च माध्यामिक विद्यालयबाट प्रतिनिधित्व गर्दै गर्दा उनी क्याप्टन थिए र सर्वाधिक गोल कर्ता समेत भएका थिए । भुइमा रातो ड्रेस लगाएर बसेका नवयुग हुन् ।
 
 
साग जितर नेपाल फर्किएपछि नवयुगले हाम्राकुरासंग एन्फा कम्प्लेक्स गरेको कुराकानी :
 
साग पुरुष फुटबल फाइनल: ‘रणनीति हामीले प्रेसर दिने थियो, पहिलो हाफ उल्टो भयो’ 
नेपाली फुटबल समर्थकहरुलाई धेरै धन्यवाद । तपाईहरुले दिएको साथ समर्थननै आगामी दिनको मार्ग निर्देश हो । सधै खेलाडीले जित नै दिलाउँछन् भन्ने नहुन सक्छ । हार्दा पनि समर्थन जनाउनुस् । हार पचाउन सिक्नु पर्दछ । नेपाली फुटबलका तारा नवयुग श्रेष्ठले हाम्राकुरासंगको कुराकानीमा भने, ‘हामी जित्नकै लागि खेल्ने हो तर, सधै जित हात नपर्न सक्छ ।’
भारतको गुवाहाटीमा भरखरै सम्पन्न दक्षिण एसियाली खेलकुद ‘साग’मा आयोजक भारतको यू–२३ टोलीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेको नेपाली यू–२३ टोलीका स्ट्राइकर नवयुगले बंगबन्धु गोल्डकपको फाइनल भन्दा साग फाइनमा अधिक खुसी भएको सुनाए । बंगबन्धुको ट्रफी जितेपछि निकै दबाब परेको बताउँदै नवयुगले सागको स्वर्ण जित्न गरेको निर्णायक गोलले सबैभन्दा खुसी भएको अनुभव साँटे । 
 
साग फाइनलमा भारतविद्ध खेल्दाको एक–एक पल सम्झिन्छन् नवयुग । उनी भन्छन्, ‘हाम्रो रणनीति सुरुदेखिनै भारतलाई प्रेसर दिने भन्ने थियो, तर ठ्याक्कै उल्टो भयो, पहिलो हाफ अघि हामीलाई भारतले प्रेसर दियो ।’ पहिलो हाफ सकिएपछि हामी टे«निङ रुपमा छिरेका थियौं, नवयुगले थपे, ‘टेनिक रुपमा कोचहरुले रणनीतिबारे सिकाए, समीक्षा भयो,–भारत जस्तो टिमसंग यसरी खेलेर जितिदैन, त्यो पनि फाइनल खेल हो, भारतविरुद्ध जित निकाल्नै पर्दछ ।’ त्यसपछी हामी निकै जोस लिएर मैदान छिरेका थियौं । दोस्रो हाफमा हामीले भारतलाई प्रेसर दिन सक्यौं र फाइनल जित्यौं । 
 
नेपाली फुटबल टोलीले एकै वर्ष दुई अन्तर्राष्ट्रिय महत्वपूर्ण उपाधि जित्यो। यी सफलतासंगै जिम्मेवारी निकै बढेको बताउँछन् नवयुग। उनी भन्छन्, ‘देशले आश गरेको यही हाम्रो फुटबल हो ।’ हामी फेरि मेहनत गर्ने छौं । 
 
सागमा भुटानविरुद्ध ह्याट्रिक गर्नेसंगै अझै हाई स्कोर गर्ने दृढता जागेको बताएका नवयुगले बाल्यकाल समेत सम्झिए । उनी आफ्ना बुबाको खेल जीवनले पनि केही सिकाएको सम्झिन्छन् । त्रिवेणी क्लबका सबै सदस्यहरुलाई बढी सम्झिए । नवयुग भन्छन्, ‘अण्डर–१६ खेल्न भनेर काठमाडौं आए, डेढ महिना सशस्त्रकोमा फुटबल ट्रेनिङ गरे, पछि हिमालयन शेर्पा क्लब गए, जहाँ बेन्चमा बस्ने सिवाय अन्य केही उपलब्धि भएन।’ पछि आर्मीमा भर्ना भएपछि ९ महिने सैन्य तालिम सक्काएर त्रिभुवन आर्मीबाट खेल्न थाले । नवयुग अबको बाँकी समय पनि आर्मीमै रहेर फुटबलमा बिताउने बताउँछन्। नवयुगले भने, ‘म यहाँ सम्म पुग्नुमा आर्मीका प्लेयर र कोचहरुको ठूलो हात छ।’ 
 
अबको योजना 
अब हामीले साउथ एसियन फुटबल साफ जित्नै पर्दछ । जसमा अखिल नेपाल फुटबलसंघ एन्फा र सरकारको महत्वपूर्ण भूमिका रहनु पर्दछ । मैत्रीपूर्ण खेलहरु राखिरहनु पर्दछ । दुई वर्ष सम्म हामी थन्किने वतावरण हट्नु पर्दछ । अर्को तिर, नेपालमै फुटबल खेलेर खेलाडी बाँचने वातावरण बनाईदिनु पर्दछ, जहाँ खेल्दा खेल्दै खेल छोडेर खेलाडी विदेशीएका छन् । 
म आफुलाई स्ट्राइकर भन्न रुचाउँछु 
नवयुग आफुलाई स्ट्राइकर भन्न रुचाउँछन् । उनले भने, ‘अहिले मेरो भूमिका स्ट्राइकरकै हो, म आफुलाई स्ट्राइकर नै भन्न रुचाउँछु।’ पहिले मिडफिल्ड थिए।
 
विमल र अन्जन पखेटा हुन्
नेपाली टोलीका आकर्षण विमल घर्तीमगर र अन्जनविष्टलाई नवयुग टोलीको पखेटा भन्छन् । उनीहरु अनेक प्रयत्नले खेल राम्रो बनाउँछन् । नवयुगले भने, ‘हाम्रो सबै खेलाडी राम्रो छन्, टिम वर्क नै हाम्रो महत्वपूर्ण पाटो हो ।’ किपर, डिफेन्स, मिडफिल्ड सबै राम्रै जमिरहेको छ । 
 
विकेश पछि नेपालमा किपर छैन
विकेश कुथु जस्तो किपर नेपाली टोलीको मूख्य हतियार हो । उनीपछी नेपालमा किपर छैनन् । किपर भनेको विकेश जस्तै हुनुपर्दछ । उनले रक्षापंक्तिलाई स्तरीय बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ