arrow

छिमेकीको विरुद्धमा कुनै कार्ड प्रयोग हुदैन : प्रधानमन्त्री

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
kp-oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सबै क्षेत्रमा सबल बनाउने आधार तय गर्ने बताएका छन्  । भारत भ्रमणका सन्दर्भमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पछिल्ला समय बिग्रिएको नेपाल–भारतको सम्बन्धलाई पूर्ववत् मित्रतामा फर्काइ अझ मजबुद बनाउनु भ्रमणको प्रमुख लक्ष्य भएको उल्लेख गरे ।
 
प्रधानमन्त्रीओलीले नेपालमा संविधान जारी भएपछि बनेको सरकारका प्रमुखलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणका लागि निमन्त्रणा गर्नुले भ्रमणको विशेष महत्व रहेको जनाउँदै भने , ‘‘भारतले भ्रमणलाई सम्मानित दर्जा दिएको छ । हाम्रो अपेक्षा मित्रतापूर्ण सम्बन्ध र व्यवहार हो । मित्रतामा भारत ढुक्क हुन सकोस् र भारतीय लगानीकर्ता ढुक्क हुन सकुन् भन्ने हो ।’’ नेपालभित्रका आन्तरिक राजनीतिक समस्या यहाँभित्र आपसी संवादबाट समाधान हुने भन्दै प्रधानमन्त्री ओलीले सङ्घीयताको सीमासम्बन्धी विवाद मिलाउन आजै राजनीतिक संयन्त्र गठन हुने जानकारी दिए । 
 
राष्ट्रियता र सार्वभौमसत्ताका प्रश्नमा नेपाल दृढ रहेको र सरकारको बाह्य नीति राष्ट्रिय हितकै आधारमा केन्द्रित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विवादित हुने र नेपाललाई अहित हुने कुनै काम वा विशेष सम्झौता नहुने स्पष्ट बताए । प्रधानमन्त्री ओलीले भने, “हामी डोकाभरी केही ल्याउने भनेर जाँदैनौँ, मूलतः नेपालमा लगानी सुरक्षित छ । लगानीको प्रतिफल प्राप्त हुन्छ, त्यसका लागि यहाँको कानुनी जटिलताको अन्त्य गरिनेछ ।” 
 
नेपालले भारत वा चीन कुनै पनि छिमेकीको विरुद्धमा कुनै कार्ड प्रयोग नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुवै देशसँग मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक लाभलाई हेरेर मित्रताको व्यवहार गरिने जनाए । ओलीले भने, “यो सरकार कूटनीतिमा होइन, मित्रतामा विश्वास गर्छ । परिस्कृत भाषामा होइन स्तरीय व्यवहारमा विश्वास गर्छ ।” भारतले संविधानलाई स्वागत गरेको छैन नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भारतले संविधानलाई सकारात्मक मानिसकेको र संविधान जारीपछिको सरकार प्रमुखलाई राजकीय भ्रमणमा आमन्त्रण गर्नु नै मित्रताको आधार हो  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ