arrow

नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ? 

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
fcan-election.jpg

काठमाडौं। नेपाल निर्माण व्यवसायी संघको २०औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज रिपोर्टर्स क्लबमार्फत उम्मेदवारी घोषणा गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन्। 

‘जसको नेतृत्व, उसैको नीति’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीकोबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्व लिन चाहेको बताए। 

साक्षात्कारमा उनले भने,‘मसँग यस संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरेको लामो अनुभव छ। यस क्षेत्रमा धेरै प्रकारका नीतिगत र भौतिक सुधारको खाँचो छ। म त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु। मैले यसपाली चुनाव जित्ने आधार भनेको नै म निश्कंलित छु। शक्तिशाली ७-८ जना ठूला निर्माण व्यावसायीको कब्जामा रहेको अवैज्ञानिक रुपमा रहेको निर्माण क्षेत्रलाई सुधार गर्ने मेरो नीति हो।’

त्यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए। 
उनले भने,‘मसँग २०६५ देखि ०६८ सम्म अध्यक्ष भएर काम गरेको अनुभव छ, २८ वर्षसम्मको मेरो अनुभवलाई फेरीपनि यस क्षेत्रको नीतिगत रुपमा सुधार गर्ने, निर्माणका कामलाई पारदर्शी बनाउने र सांगठनिक सुधार गर्नेलगायत मेरा योजना छन्।’

‘अनुभवि नेतृत्व, यूवाको साथ’भन्ने नारा लिएर मैदानमा उत्रेका कार्कीले समयमै काम नहुनुमा धेरै पक्ष जिम्मेवार रहने कुरा बताए। उनले भने,‘सरकार, जनता र मिडियाले निर्माण व्यावसायीलाई काम गरेन भनेरमात्रै भन्नुहुन्छ। तर, त्यो के कारणले हुन सकेन त्यसको बारेमा जान्ने कोशिस गर्नुहुँदैन, सार्वजनिक खरिद ऐनलाई निर्माण व्यावसायीमैत्री बनाउनको लागिपनि मेरो उम्मेदवारी हो।’ साक्षात्कारमा संघका वर्तमान महासचिव रामशरण देउजाले पनि अध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

उनले भने,‘समयमा र गुणस्तरयुक्त निर्माणको कामका लागि मेरो उम्मेदवारी हो। यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छु। नेतृत्वमा नपुगेको स्थितिमा नीति भएरमात्रै हुँदैन रहेछ। त्यसैले मसंग भएको नीतिलाई नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने सोच छ।’

उनले आफूभन्दा अग्रजहरुले गरेका कामप्रति आफू सन्तुष्ट नभएको पनि जिकिर गरे। उनले थपे,‘म उहाँलाई सम्मानपूर्वक सल्लाहकारमा बस्न अनुरोध गर्छु र मलाई साथ दिन आग्रह गर्दछु।’

सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यावसायीहरुको ठूलो भूमिका रहेको पनि उनको भनाई छ  उनले भने,‘यसलाई कसरी वैज्ञानिक र साना निर्माण व्यावसायीको हितमा गर्न सकिन्छ ? भनेर मैले लामो अध्ययन गरेको छु, त्यसैलाई व्यवहारमा उतार्नको लागि मेरो उम्मेदवारी हो।’

त्यस्तै साक्षात्कारमा अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोईरालाले आफूसँग ‘भिजन’, मिशन र एक्शन रहेको भन्दै आफूले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको बताए।

उनले भने,‘सबैलाई काम, सबैलाई माम हुनुपर्छ, ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाउनको लागि मेरो उम्मेदवारी हो। निर्माण व्यवसायलाई वैज्ञानिक रुप दिन मेरो उम्मेदवारी हो। सिस्टमको आधारमा काम गर्नुपर्छ।’ उनले कमभन्दा कमलाई ठेक्का दिने चलन हटाउनुपर्नेमा जोड दिए। कोइरालाले थपे,‘गुणस्तर र समयमै काम सम्पन्न गर्ने हो भने, भुक्तानि, निर्माणका साधानहरु र ईच्छाशक्तिको आधारमा काम सम्पन्न गर्नतर्फ लाग्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ