arrow

नयाँ आइफोन सार्वजनिक

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
iphone-xs-launch-2018.jpg

कुपरटिनो, क्यालिफोर्निया। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ। बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका हुन्। यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ। यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ। कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ। अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ। एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ