arrow

निर्मला, रोहित र राजुको काण्डलाई लिएर कांग्रेसद्धारा संसद अवरुद्ध

संसदको अर्को बैठकमा जवाफ दिने कानुनमन्त्रीको वचन

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
sanghiya-samsad.png

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या, नेपाल तरुण दलका रोल्पा जिल्ला नगर सभापति रोहित पुनको हत्या र ललितपुरका पत्रकार राजु बस्नेतको पक्राउको सम्बन्धमा सरकारले जवाफ नदिएको भन्दै नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। 

यी तीनवटै विषयमा सरकार प्रत्यक्ष संलग्न भएर पनि जनतालाई गुमराहमा पारेको भन्दै कांग्रेसले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएपछि सभामुख कृष्णबहादुर महराले संसद १० मिनेट स्थगित गरेका थिए । 

त्यसपछिको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले अर्को बैठकमा सरकारले यसको जवाफ दिने बताएपछि बैठक चालु भएको थियो । 

निर्मला हत्याकाण्डमा छानबिन समिति बने पनि अझै बलात्कारी पत्ता त लागेको छैन नै सिंगो प्रहरी प्रशासन शंकाको घेरामा रहेको छ । 

त्यसैगरी पुनको सत्ताधारी नेकपाका कार्यकर्ताले नै हत्या गरेको सन्दर्भमा कार्वाही गर्न सरकार मौन देखिएको छ।

समाचार साभार गरेकै भरमा पत्रकार राजु बस्नेतलाई हतकडी लगाएर पक्राउ गरि हिरासतमा लिएकोमा काँग्रेसले विरोध गरेको छ ।

कांग्रेस निकट भएकै आरोपमा सरकारले पक्राउ गरेकोमा काँग्रेस संसदहरुले आपत्ती जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ