arrow

रुकुममा संस्थापक पक्ष वली जिल्ला सभापतिमा विजय

logo
दिपिल खड्का,
प्रकाशित २०७२ फागुन ६ बिहिबार
oli.jpg.jpeg
 रुकुम ।नेपाली का‌ंग्रेसको छैठौ जिल्ला अधवेशन हिजो राति करिव ३ बजे सम्पन्न भएको छ । देउवा पक्ष र संस्थापक पक्षको तिव्र प्रतिस्पर्धा देखिएको भए पनि संस्थापक पक्षले जिल्ला सभापतिको पद आफ्नो हातमा पार्न सफल भएको छ ।  सस्थापक पक्षबाट उम्मेद्धारी बनेका प्रेमप्रकाश वलिले देउवा पक्षका उम्मेद्धार कृष्ण वहादुर रोकायलाई ३६ मतले तल पार्दै वली जिल्ला सभापतिमा विजय भएका हुन । ओलीको मत २ सय ५९ रहेको छ भने उनका निकटतम प्रतिद्धन्द्धी रोकायको २ सय २३ मत रहेको छ ।
 
निकै कडा प्रतिष्पर्धा भएको मत परिणाम अनुसार सचिव पदमा हर्कसिह खत्रीलाई पराजित गदै भिम खड्का ६७ मतको अन्तरले विजय भएका छन् । खड्काले २ सय ६३ मत प्राप्त गरेका छन् भने खत्रीको १ सय ९६ मत प्रप्त गरेका थिए । कोषाध्यक्षमा मोहवीर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।
 
सभापतिमा संस्थापक पक्षका वली विजय भए पछि रुकुमका काग्रेसमा आवद्ध सवैले खुशियालीमा भोज तथा विभिन्न कार्यक्रम  गर्दै आज विजय उत्सव मनाउदै छन् । तर देउवा पक्षका भने विजय उत्सवमा सहभागि नभएको देखिन्छ । सभापतिमा विजय भएका वलीले भने अबको दिनहरुमा रुकुममा स्वाच्छ, ईमानदार , कतव्र्यनिष्ठ व्याक्तिमात्र नेपाली काग्रेस हुने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ