arrow

सरकारको ढाड भाच्चियो अब विष झार्ने : उपेन्द्र यादव

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
upendra.jpg.jpeg
रंगेली।संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्त नहुन्जेल सम्म आन्दोलन जारी रहने बताएका छन् । बिहिवार मोरङको रंगेलीमा आयोजित श्रृद्धाञ्जली सभालाई सम्बोधन गदै यादवले मधेश आन्दोलन नसकिएको बताउदै आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । यादवले अहिलेको आन्दोलनले गोमन सर्प जस्तो रहेको सरकारको ढाड भाच्चिएको संज्ञा दिदै अब अर्का आन्दोलन बाट विष झार्ने बताए । 
 
 उहाले अर्को आन्दोलनको तयारी भईरहेको बताउदै अब हिमाल, पहाड, मधेश र काठमान्डौका उत्पीडीत जनताले सिंहदरवारका एक एक इटा झिक्ने बताए । अध्यक्ष यादवले मधेशी जनताको हत्या गरेर दिल्ली जाने नेताको कुनै अस्तीत्व नरहने बताउदै आफनो घरमा आगो बालेर छिमेकीको घर जानुको कुनै अर्थ नरहने बताए ।  अध्यक्ष यादवलेअहिलेको संविधानले मधेश र मधेशीको भावना नसमेटेको बताउदै मधेशीको भावना विपरीतको संविधान मधेशीको लागी मान्य नहुने बताएका थिए ।  मधेशी, जनजाती, आदीवासी, थारु लगायतका बर्गहरुलाई नसमेट्ने संविधानको कुनै औचित्य नरहने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ