arrow

कञ्चनपुरकी निर्मला !

logo
सुरेन्द्र सिटौला,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
nirmala1.JPG

कञ्चनपुरकी छोरीको 
कलिलो यौवन 
जिजिबिषाको कुरुक्षेत्रमा 
बिना कारण हारेछ ।

धृतराष्ट्रको फरमानमा 
शकुनिको पासाले 
उखुबारीमा लुकेर 
निर्मलालार्इ मारेछ ।

कृत्रिम असत्यको पर्दाले 
सत्यको अनुहार छोपिँदा 
कञ्चनपुरका निर्मलाहरु 
दिउँसै उखुबारीमा हराउँछन् ।

बिडम्बना !
सीताको खोजीमा  
लंका पुगेका हनुमानहरु 
रावणतिरै लागेपछि  
माइती देशका 
बिचरी सीताहरु 
आत्तिएर कञ्चनपुरमा
प्रत्यक दिन रुँदै कराउछन् ।

कञ्चनपुर आफै रुँदै भन्छ 
हत्यारा लुकाउने सत्तासंग 
मलाइ अब कुनै भर छैन ।

मैले छानेका नेता र पालेका प्रहरी 
मृत्युको ब्यापारी भएपछि 
मृत्युसंग पनि मलार्इ 
रत्तिभर अब कुनै डर छैन ।

मेरी निर्मला !
काठमाडौंलाई पाप धर्मको 
ठेक्का सुम्पिदै 
अब टाढा कतै गै सकिन ।

उनैलाई लुकाउने हत्यारा 
उनले कहिल्यै नभेट्ने भै सकिन् । 

(सिटौला बागमती बोर्डिङ स्कुलका अध्यक्ष हुन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ