arrow

सुरु भयो शैक्षिक तथा धार्मिक महोत्सव

logo
रमेश विक,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
kalas-yatra.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ९ मा अवस्थित उपल्लो तम्घास माध्यमिक विद्यालयले शैक्षिक तथा धार्मिक  महोत्सव शनिबारदेखि सुरु गरेको छ । विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो । 

शनिबार पहिलो दिन बाजागाजा, भजन कृतनसहित तम्घास बजारमा कलश यात्रा गरिएको थियो । 

कलश यात्रामा सदरमुकाम तम्घासमा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, विभिन्न संघसंस्था, समुहहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

शैक्षिक तथा धार्मिक महोत्सब उद्घाटन ५ नम्बर प्रदेशका सभासद कमलराज श्रेष्ठले गरेका छन् । भागबत मधुकर पण्डित पुरुषोत्तम शरण शास्त्रीको प्रमुख बाचकतत्वमा शैक्षिक क्रान्तिका अभियान्ता ईश्वरशरण महाराजको संगीतमय प्रवचन तथा झाँकी प्रस्तुत गरिने शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिले जनाएको छ ।
 
महोत्सव असोज ६ गतेसम्म संचालन हुनेछ । महोत्सवमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिबिर संचालन गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ