arrow

उपराष्ट्रपति पुन र बलिउड सुपरस्टार गोविन्दाको गफसफमा कसले मार्यो बाजी ? 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
govinda-award.JPG

काठमाडौं । राजधानीमा आइतबार ‘एलजी सिने सर्कल अवार्ड’ भएको छ। उक्त अवार्डमा पक्कै पनि उत्तकृष्टहरुले बाजी मारे। 

तर आकर्षण भने बलिउड सुपरस्टार गोविन्दा नै रहे। गोविन्दासंगै आएकी उनी छोरी पनि चर्चामै रहिन् । गोविन्दालाई ‘नेपालका ज्वाईं’ भनिन्छ। 

त्यतिमात्र होइन उपराष्ट्रपति नन्दबहादुर पुनले पनि खुवै मनोरञ्जन लिए। विशेषगरी कमेडी किंग गोविन्दासँग साथसाथमा रहेर पुन पनि निकै खुसी देखिन्थे। 

कार्यक्रमभर गोविन्दा र पुनबीच निकै गफसफ चलिरहेको थियो। शनिबार नेपाल आएका गोविन्दा तीन दिन नेपाल रहने छन् । अनि उनको साथमा आएकी उनकी छोरी पनि आकर्षणको केन्द्रमा रहिन । आखिर कलाकारकी छोरी रेडिमेट कलाकार । 

कसकसले जिते त अवार्डचाहिं । यस्तो छ २४ जनाको लिष्ट –
१ पोस्टर अफ दि इयर – शत्रुगते, सान थापा र विजय बश्याल
२ ट्रेलर अफ दि इयर – सुरेन्द्र पौडेल – कृ
३ स्टण्ट अफ दि इयर – पिंजडा ब्याक अगेन – सिम्पसन तामाङ
४ पपुलर गीत अफ दि इयर – कुटुमा कुटु – ‘दुई रुपैयाँ’
५ भिएफएक्स अफ दि इयर – माओत्सु मुकामी – माइलभ
६ कम्मेन्डेवल फिल्म अफ दि इयर – पञ्चायत
 ७ पपुलर एक्टर अफ दि इयर – प्रदिप खड्का
८ पपुलर एक्ट्रेस अफ दि इयर – प्रियंका कार्की
९ व्याकग्राउण्ड स्कोर अफ दि इयर – एलिश कार्की
१० एडिटर अफ दि इयर – मित्र डि गुरुङ – शत्रुगते
११ स्क्रिनप्ले अफ दि इयर – तिमीसँग
१२ सिनेमाटोग्राफर अफ दि इयर – भुइँमान्छे, बिदुर पाण्डे
 १३ एक्सन डिरेक्टर अफ दि इयर –चन्द्र पन्त – कृ
१४ कोरियोग्राफर अफ दि इयर – कविराज गहतराज – कुटुमा कुटु
१५ प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’ – सुगम पोखरेल – भन्छु आज
१६ प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल ’ – मेलिना राई – कुटुमा कुटु
१७ अन स्क्रिन कपल अफ दि इयर – रमेश उप्रेती र दीपिका प्रसाईं
१८ म्युजिक डिरेक्टर अफ दि इयर – अर्जुन पोखरेल – भन्छु आज
 १९ एक्ट्रेस अफ दि इयर – नीता ढुङ्गाना – पञ्चायत
२० एक्टर अफ दि इयर – नाजिर हुसेन – तिमीसँग
२१ डिरेक्टर अफ दि इयर – नवराज बुढाथोकी – भुइँमान्छे
२२ फिल्म अफ दि इयर –  तिमीसँग
२३ क्रिटिक्स अवार्ड – पुष्पल खड्का
२४ लाइफटाइम एचिभमेन्ट अवार्ड – किशोर राना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ