arrow

निर्मला पन्तकाण्डको अनुसन्धान जिम्मा घुमिफिरी कञ्चनपुर प्रहरीलाई नै ? 

हत्यारा पत्ता लाग्छ –प्रधान 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
nirmala1.JPG

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा फेरि सम्पूर्ण छानबिनको जिम्मा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ । हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट अलगअलग समिति गठन गरिए पनि फेरि सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको हो । 

कञ्चनपुर प्रहरी यसअघि नै फ्लप भइसकेको छ । पीडितको सुनुवाइ मात्र होइन उजुरीसमेत समयमै दर्ता नगरेर प्रहरी आलोचित भइसकेको छ । 

तर घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै हो । त्यहाँको प्रहरी र खटाइएको प्रहरीको अनुसन्धान व्यूरो समेत फ्लप भएको अवस्थामा अब त्यही प्रहरी प्रशासनले काम सम्पन्न गर्न सक्ला भन्नेमा आशंका उब्जिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध भएपछि हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो । 

नयाँ अनुसन्धान टोलीले अनुसन्धान थालिसकेको छ । डीआइजी धीरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान समिति बनाइएको हो । 

अपराधी पत्ता नलागे के हुन्छ ? 
अपराधीको अपराधिक गतिविधिको प्रमाण नष्ट गर्ने काम प्रहरीबाटै भएको थियो । एक पूर्व प्रहरी अधिकृतका अनुसार यदि वास्तविक अपराधी पत्ता लागेन भने अब निलम्बितहरु नै घानमा पर्नेछन् । उनीहरुलाई पनि कार्वाही हुनेछ । 

एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानकुमार सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ। 

त्यसैगरी कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउन खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीलाई निलम्बन गरिसकिएको छ । 

त्यसैगरी निर्मलाका मामासमेत प्रमाण नष्ट गर्न अग्रसर देखिएको बुझिन आउँछ । उनी पूर्व क्रान्तिकारी नेता हुन् । भान्जीका प्रमाण नष्ट गर्नमा उनको पनि भूमिका रहेको बुझिन्छ । त्यसबाहेक बम दिदीबहिनी पनि दोषीको घेरामा छन् । 

अहिलेसम्मको अवस्थामा विवादास्पद प्रहरीहरूको पोलिग्राफ टेस्ट हुँदैछ । एसपी बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका दाइका छोरा आयुषको डिएनए परीक्षणमा पठाइएको छ। थप अरुको पनि टेस्ट हुन सक्नेछ । 

यो घटनालाई पन्छाउन स्वयं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सुदूरपश्चिमकै नेकपाका वरिष्ठ नेता भीम रावल लगायत लागे । 

प्रधानमन्त्रीले त पार्टीलाई बदना गराउन खोज्नेलाई अरिंगालको गोलो खनिएझै खनिन आग्रह गरेका छन् । तर यो राजनीतिक मुद्दा हुन सक्दैन । यो सामाजिक मुद्दा हो । 

हत्यारा पत्ता लाग्छ –पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधान
हत्यारा पत्ता लाग्नेमा पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधान विश्वस्त छन् । उनले यो घटनामा प्रहरी धेरै नै गहिरिएर लागेकाले यसमा निष्कर्ष निस्कनेमा उनी ढुक्क छन् । 

नेपाल प्रहरीले निकै संवेदनशील र जटिल घटनाको समेत छिनोफानो गरेकाले यो घटनाका हत्यारा पत्ता लाग्नेमा उनी आशावादी छन् । 

निलम्बित प्रहरीहरुलाई कार्वाही हुने सम्बन्धमा उनले भने, ‘विभागीय कार्वाही त हुन्छ नै प्रत्यक्ष संलग्न भएको वा अपराध लुकाउन अन्य कुनै काम गरेका भए त्यसमा समेत कार्वाही हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ