arrow

पर्वत काँग्रेस सभापतिमा भुसाल

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
13th-congress.png.png.png
फलेवास (पर्वत)। नेपाली काँग्रेसको आसन्न १३आँै महाधिवेशनअन्तर्गत पर्वत जिल्लामा बिहिवार सम्पन्न अधिवेशनबाट सभापतिमा खिमप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।
 
भुसाल ३४४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी खगेन्द्रप्रसाद तिवारीलाई १३७ मतले पछि पार्दै भुसाल विजयी हुनुभएको हो । सभापतिका प्रत्यासी तिवारीले २०७ मत प्राप्त गर्नुभएको छ ।
 
सभापति पदका लागि पहिलो चरणमा तीनजनाको उम्मेदवारी परेकाले दोस्रोपटक मतदान भएको हो । पहिलोपटकका सभापतिका उम्मेदवार वसन्तबहादुर सिकेले सबैभन्दा कम मत पाएर निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको थियो । उहाँले ६१ मत प्राप्त गर्नुभएको थियो । सुरुमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रोपटक मतदान भएको हो ।
 
भुसाल संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ भने तिवारी देउवा पक्षका उम्मेदवार हुनुहुन्छ । यसअघि पहिलोचरणको मतदानबाट सचिवमा देउवा पक्षका विश्वप्रकाश प्रसाईं र कोषाध्यक्षमा संस्थापनका रामकृष्ण मल्ल विजयी हुनुभएको थियो ।
 
दिउँसो १ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । दुवै निर्वाचन क्षेत्रका कुल मतदाता ५९८ जनामध्ये ५५४ मत खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
 
महासमिति सदस्यमा भने दुवै क्षेत्रमा सर्वसम्मत भएको छ । क्षेत्र नं १ मा लालकाजी गुरुङ, वसन्तबहादुर सिके, भवानीशङ्कर पौडेल, डम्बरबहादुर विश्वकर्मा र मीना केसी तथा क्षेत्र नं २ मा खगेन्द्रप्रसाद तिवारी, नवराज गुरुङ, ऋषिकेश तिवारी, गङ्गाधर तिवारी र राधाकुमारी कुँवर क्षेत्री महासमिति सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ