arrow

कैलाली काँग्रेसमा देउवा पक्षका शाह पुनः निर्वाचित

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
congress.jpg.jpeg.jpeg
धनगढी । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित  भएका छन् । जिल्ला सभापतिलगायतका पदमा बिहीबार भएको निर्वाचनमा शाहले ४१६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।  शाह देउवा पक्षका हुन् । 
 
सभापतिका अर्का उम्मेदवार भीम बडुवालले २५७ मत पाए । सभापतिमा उम्मेदवारी दिएका तीनजनाले पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि काँग्रेसको विधानअनुसार दोस्रो चरणको निर्वाचन गरिएको निर्वाचन अधिकृत मदन रेग्मीले बताए । 
 
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शाहले ३३१, भीम बडुवालले १६० र गणेश देउवाले १६० मत प्राप्त गर्नुभएको थियो । समान मत पाउने बडुवाल र देउवाबीच गरिएको गोला प्रक्रियाबाट बडुवालले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जिल्ला कार्यसमितिको सचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा सेवकराम चौधरी निर्वाचित भए । असन्तुष्ट पक्षबाट मतपेटिका तोडफोडको प्रयास भएपछि यसअघि गएको माघ २५ मा भएको निर्वाचन स्थगित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ