arrow

मदनकृष्ण श्रेष्ठ शल्यक्रिया पछि घर फर्किँदै

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
madan-_ks.JPG

काठमाडौं । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठको डिप ब्रेन स्टुमुलेशन (डिबिएस) शल्यक्रिया पछि मंगलबार घर फर्किँदै छन् । 

केही दिन अघि डिप ब्रेन स्टुमुलेशन (डिबिएस) शल्यक्रिया गरेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार डिस्चार्ज  गर्न लागेको (मह) मदनकृष्णका जोडी हरिवंश आर्चायले जानकारी दिए ।

मदनको ब्रेनको देब्रे साइडमा राखेको डिभाइसले शरिरको दाहिने भाग चल्ने गरेकोमा देब्रे साइडमा पनि समस्या भएपछि दाहिनेभाागमा पनि डिभाइस राखिएको आर्चायले बताए । श्रेष्ठको दाँया ग्लोबस पालिडस भन्ने ठाउँमा डिप ब्रेन स्टुमुलेशन (डिबिएस) शल्यक्रिया गरिएको हो। आइतबार बायाँ हात चलाउन फेरि उहाको दिमागमा रहेको पेसमेकरमा अर्को तार जोडिएको छ ।

पार्किनसन्स रोग नियन्त्रणका लागि उनको दिमागमा ‘पेसमेकर’ राखिएको छ। ९ वर्षअघि उनको दायाँ हातमा पार्किन्सन्स रोगका लक्षण देखिएको थियो । स्नायु शल्य चिकित्सकहरुले नयाँ तार उनको मस्तिष्कमा नयाँ ठाउँमा राखि पुरानै पेशमेकर जडान गरेका छन् । 

यो शल्यक्रिया अन्नपूर्ण न्युरो अस्पतालबाटै मुलुकमा पहिलोपटक मदनकृष्णमा गरिएको वरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. बसन्त पन्तले जानकारी दिए । हाल अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना रहेका मदनकृष्णको स्वास्थ्यमा सुधार आएको  डा. पन्तले बताए  । 

अब डिविएसको उपयोग पार्किन्सनमा मात्र नभएर मानसिक समस्या, ड्रग एडिक्सन, औषधिले नछुने डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिजअर्डरमा समेत भइरहेको अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ