arrow

मुख्यमन्त्री पोखरेलको आरोप : पत्रकारहरु अविश्वास बढाउन र भ्रम सिर्जना गर्न लागे

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज २ मंगलबार
sankhar.jpg

बुटवल।  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पत्रकारहरुले एक ठाउँको हेरेर सबै ठाउँ यस्तै छ भनी समाचार लेख्ने गरेको आरोप लगाएका छन् ।  उनले प्रदेशमा बिभिन्न किसिमका सकारात्मक कार्यहरुलाई नजरअन्दाज गरी भएका साना त्रुटिलाई पनि मुख्य बिषय बनाएर अगाडि बढेको बताए ।

एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको पनि बताए । मुख्यमन्त्री पोख्रेलले पत्रकारहरु पुरानो मानसिकताबाट अविश्वास बढाउन र भ्रम सिर्जना गर्नमा लागेको आरोप समेत लगाए । ‘अस्थिरता बढाउन चाहनेका गोटी बन्यौँ,’ उनले भने । योजना बनाएर काम गर्ने हो भने प्रदेशलाई छिटै नै समृद्ध बनाउन सकिने दाबी गरे ।

उनले सिंहदरबारको अधिकार गाउँमा आएपनि त्यसको लागी केन्द्रमा नै पुग्ने गरेको बताए । उनले भने –‘ हामी यति सम्म पनि भयौँ कि गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिनको लागी काठमाडौ नै जाने र तोक लगाएर पुनः गाउँपालिकामा नै फर्किन्छौँ । ’

उनले काम गरेको छोटो अबधि बाट नै सरकारले केही गर्न सकेन भनेर समाचार छाप्दा काम गर्दै गरेका ब्यक्तिहरुको मनोबल कमजोर पार्ने र छोटो समयमा नै देखिने खालका कार्यहरु नभएको र नतिजा छोटो समयमा नै माग्नु अलि उचित नभएको तर्क गरे ।

‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि  आएन खोज्न सकेनौँ । तर, छ  महिनामै संघीयताप्रति नकारात्मक टिप्पणी आयो । अहिले संघीयताको सफलता र असफलता भनेर मूल्याकंन गर्ने समय भइसकेको छैन ।’

संघीयता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेका अवस्था रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे ।

कार्यहरु गर्नको लागी कुनै पनि बाधा अवरोधहरु सिर्जना नभए मा अहिलेको सरकारले नेपालको आर्थिक बृद्धि दर दोहोरो अंकमा पुर्याएर देखाउने दाबी गरे ।

मुख्यमन्त्री पोखरेलले राजनैतिक रुपमा परिवर्तन सिजलो संगै सामााजिक परिवर्तन त्यति असहज रहेको बताए ।  उनले प्रदेशको पत्रकारिताले राष्ट्रलाई दिशानिर्देश गर्छ भन्ने हिम्मतका साथ काम गर्नु सुझाव पनि दिए ।

त्यस्तै, प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कार्यालय स्थापना हुँदा प्रदेशको सूचना केन्द्रसम्म पुर्याउने कुरामा योगदान गर्ने बताए । उनले मिडियाले नकारात्मक जानकारी संगै बिकास पत्रकारीताको थालनी पनि गर्न आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ