arrow

एमाओवादीले वर्तमान सरकारबारे समीक्षा गर्दै

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
dahal-niwas-baithak.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बिहान बसेको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका पक्षमा केन्द्रित गर्ने र भूकम्पपछिको पुनः निर्माणलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको कार्यक्रम रहेकाले शनिबार फेरि बस्ने गरी बैठक स्थगित भएको छ । 
 
वर्तमान सरकार गठन भएपछि प्रभावकारी रुपमा काम हुन नसकेको जनगुनासो व्यक्त भइरहेका बेला पार्टीबाट सहभागी मन्त्रीलाई थप जिम्मेवार तुल्याउँदै राष्ट्र र जनताका पक्षमा काम गर्न आग्रह गर्ने निर्णय भएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई बताए । बैठकले जनवर्गीय सङ्गठनको कामलाई जनमुखी बनाउने, सङ्गठन सुदृढीकरणका निम्ति सम्मेलन, भेला आयोजना गर्ने तथा यसअघिको केन्द्रीय समितिको बैठकले अगाडि सारेको पार्टी पुनः निर्माण एवम् एकीकरणको कार्ययोजनालाई जनस्तरसम्म लैजाने निर्णय भएको दाहालले जानकारी दिए । 
 
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारत भ्रमण, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् मधेसवादी दलहरुसँगको वार्ता एवम् सीमाङ्कनलगायतका विषयमा टुङ्गो लगाउन सरकारले बिहीबार मात्रै गठन गरेको उच्चस्तरीय राजनीतिक समितिको सम्बन्धमा समेत छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ