arrow

यस्ता मानिसहरुको रोजाइमा थिए ओबामा

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
Barac-Obama2.jpeg

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा शान्त प्रकृतिका छन् । उनको स्वभावका कारण पनि उनी धेरैको रोजाइमा थिए तर सन् २०१२ को राष्ट्रपतीय निर्वाचनको क्रममा उनको सर्मथनमा पोर्न फिल्म खेल्नेहरु सडकमा ओर्लिएको घटनाले धेरै चर्चा पायो ।

ओबामा २०१२ को नोभेम्बरको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट पुनः उम्मेद्वार बनेका थिए र ओबामा पोर्न फिल्म खेल्नेहरुको रोजाइमा परेका छन् ।

अमेरिकाको वयस्क मनोरञ्जन उद्योग वा पोर्न उद्योगसँग जोडिएका मानिसहरुले ओबामालाई दोस्रो पटक राष्ट्रपतिको पदमा देख्न चाहेका थिए ।

अमेरिकाको पोर्न उद्योगसँग जोडिएको सोसियल नेटवर्किङ साइट एक्सबीआईजेड डट नेटको एक सर्वेक्षणमा यस्तो पाइएको थियो । उक्त सर्वेक्षणमा पोर्न उद्योगका ३ सय ९९ जना मानिस सहभागी थिए ।

 जसमध्ये ६८ प्रतिशत मानिसले बाराक ओबामालाई दोस्रो पटक राष्ट्रपतिको पदमा देख्न चाहेको बताएका थिए । जबकी १३ प्रतिशत मानिसले रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रोमनीलाई रोजेका थिए ।

त्यस्तै सर्वेक्षणमा १४ प्रतिशत मानिसले राष्ट्रपतिका रुपमा अन्य कोही व्यक्तिलाई देख्न चाहेको बताएका थिए । त्यस्तै ५ प्रतिशतले भने जो राष्ट्रपति भएपनि केही फरक नपर्ने बताएका थिए । सो निर्वाचनमा ओबामाले रोमानीलाई पराजित गरेका थिए । –एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ