arrow

२ वर्षको बच्चाले जाँड पिएपछि...

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
Chill-Baby.jpg

लण्डन। जाँड सेवनले जो कोहीलाई मताउने गर्छ । हरेक दिन विश्वका कयौं मानिस जाँडले मातेर अनेक वितण्डा गरिरहेका घटनाहरु बाहिर आउने गर्छन् ।

तर, जब २ वर्षको बच्चाले जाँड पिउँछन् तब के हुन्छ ? यस्तै घटना घटको छ, बेलायतमा । बेलायतको स्वान्सी शहरमा एक २ वर्षको बच्चाले अनजानमा व्हिस्की सेवन गरेका छन् ।

 आफ्नो दोस्रो जन्मदिन मनाउन परिवारका साथ रेष्टुरेन्ट पुगेका सनी नामक बालकले व्हिस्की सेवन गरेका हुन् । उक्त रेष्टुरेन्टमा अभिभावकका साथ पुगेका सनीलाई पिउनको लागि जुस र पानीको अर्डर गरिएको थियो ।

 तर, पानीको सट्टामा व्हिस्की उनको अगाडि आईपुग्यो र उनले त्यही व्हिस्की पिए । सनीले लगभग आधी गिलास व्हिस्की पिईसकेपछि उनकी आमाले थाहा पाइन् र निकै घबराईन् । तुरुन्त सनीलाई अस्पताल लिएर गइयो र उनको उपचार गरियो, अहिले भने सनीको अवस्था सामान्य भएको बताइएको छ ।

सनीले पिईरहेको गिलास, जसलाई जुस ठानी उनकी आमाले उठाएर पिउन खोज्दा जुस नभएर व्हिस्की भएको खुलेको हो । सनीका ३४ वर्षीय आमा निनाका अनुसार सनीले उक्त व्हिस्की पिएपछि मुख बिगार्दै आफूतिर हेरेको बताएकी छिन् ।

सो घटनापछि सनीका अभिभावक निकै क्रोधित भए । अस्पताले भने यस घटना कसरी भयो भन्ने बारेमा छानविन गर्ने बताउँदै माफी मागेको जनाएको छ ।

सनीका आफन्तले यस्तो घटना थाहा पाउनुअघि सनीको त्यस अवस्थाको कयौं फोटोहरु क्यामेरामा कैद गरेका थिए । यहाँ राखिएको तस्वीर त्यही मध्येको एक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ