arrow

भदौ केटपछि हेमन्तलाई लाग्यो ‘बरिखा’ (भिडियाेसहित)

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
barikha.JPG

काठमाडौं । बर्खा सकिएर हिउँदयाम सुरु भएको छ । भदौ कटेर असोज लागिसकेको छ । अब बिस्तारै पानी बर्सिने क्रम कम हुँदै जान्छ । तर, गायक हेमन्त शर्मालाई भने बरिखा लागेको छ । यसै साता गायक शर्माले आफ्नो नयाँ गीत ‘बरिखा’ सार्वजनिक गरेका छन् । 

डान्सिङ नम्बरको यो गीतमा गायक शर्माकै शब्द तथा संगीत छ । गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् । राहुल शाहले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा शिर्पाली, सुनील क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । 

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहीँको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् । गायक शर्माको सार्वजनिक गीत सार्वजनिक भएको २४ घण्टा अगावै युट्युब ट्रेन्डिङको २२ नम्बरमा देखा परेको छ । 
बरिखाको म्यूजिक भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ