arrow

मन्द मुस्कानमा दिल्ली उडे ओली

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
kp.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारकि भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । ओली विमानस्थलमा मुस्कुराउँदै मन्द मुस्कानमा दिल्ली उडे । ओलीसंगै पत्नी राधिका शाक्य समेत दिल्ली उडिन् । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सम्मानसहित विदाई सलामी अर्पण गरेको थियो । प्रधानमन्त्रीकाे टोली संचारकर्मीसहित ५२ सदस्यीय भएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानमा दिल्ली प्रस्थान गरेका ओली भ्रमण टोलीको फ्लाइट ३ बजे रहेपनि विमान ३ः२७ मा उडेको थियो । जसले अन्य उडान र अवतरणमा समस्या भएपछि आधा घण्टा आकाशमा ट्राफिक जाम भयाे ।

भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गरे । प्रधानमन्त्रीको बिदाईका लागि संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, सांसद, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विमानस्थलमा उपस्थित थिए ।  संविधानसभाबाट संविधान जारी भएपछि निर्वाचित प्रधानमन्त्री ओलीको भारत पहिलो विदेश भ्रमण हो । 

 
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ  धर्मपत्नी राधिका शाक्यका साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा संलग्न छन् । 
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहने छन् । प्रधानमन्त्री ओली भ्रमणका बेला आजै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ । प्रधानमन्त्री ओलीले फागुन ८ गते राष्ट्रपति भवनमा आयोजना गरिने विशेष स्वागत समारोहमा सरिक हुने र  सेनाको सलामीको निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि  राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नेछन् । 
 
सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक छलफल गर्नेछन् । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको यो भ्रमणले पछिल्लो समयमा दुई देशबीच उत्पन्न तिक्ततालाई चिर्दै मैत्रीपूर्ण सम्बन्धमा रुपान्तरण गर्न उपलब्धिमूलक हुने अपेक्षा  छ। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ