arrow

मलेसियामा ६ नेपालीसहित १९ को मृत्युपछि विषालु रक्सी बेच्ने पक्राउ 

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
malesiya.JPG

काठमाडौं । मलेसियाको प्रहरीले विषालु रक्सी बेच्ने सात जनालाई पक्रिएको खबर छ । त्यहाँका स्थानीय प्रहरी कमाण्डर दातुक मजलान मन्सुरका अनुसार विषालु मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएपछि वुधबार कलाङ उपत्यकाका विभिन्न १२ ठाउँमा छापा मारेर उनीहरुलाई पक्रिएको हो । 

पक्राउ परेकाहरुले नै कामदारलाई विषालू रक्सी बेचेका ती प्रहरी अधिकारीको दाबी छ । रक्सी खाएपछि बाहिरबाट कामका लागि मलेसिया पुगेकाहरु विरामी परेका थिए ।  विरामीले खाएको भनिएको विषालु रक्सीको खोजीका लागि प्रहरीले अभियान नै चलाएको थियो ।

छापा मार्दा प्रहरीले १ हजार ३० बोतल ह्वीस्की र १ हजार ७ सय ६७ वियर क्यान समेत बरामद गरेको छ । 
यो घटनामा प्रहरीले पेनल कोडको सेक्सन ३०४ अन्तर्गत मुद्धा चलाएको छ । विषालु रक्सी पिएका मध्ये १९ को मृत्यु भइसक्दा १४ जनाको अवस्था अझै चिन्ताजनक छ । अवस्था नाजुक रहेकामा अधिकांश नेपाली छन् ।

१९ को मृत्यु 
विषालु रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । मलेसियाको समाचार संस्था दी स्टार अनलाइनका अनुसार मृत्यु हुनेको संख्या बुधवार बिहान १९ पुगेको हो । मंगलबारसम्म १५ जनाको मृत्यु भएको थियो । मंगलबार राति र बुधवार बिहानसम्म थप ४ जनाको मृत्यु भएसँगै संख्या १९ पुगेको हो । मृत्यु हुनेमा अधिकांश विदेशी कामदार रहेका छन् । त्यो मध्ये ६ नेपाली छन् । 

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार रुपन्देही साविकको मसिना गाविस वडा–६ का रामकुमार यादव, धादिङ जिल्ला साविकको बसेरी–३ का मिमबहादुर घले, डडेलधुरा साविक अमरगढीका विशाल बुढाथोकी, सुनसरी जिल्लाको साविकको पश्चिमकुसाहा –९ का सञ्जय उरावको मृत्यु भएको हो । 

यस्तै, साविकको सिद्धिथुम्का वडा– ९ इलामका बलबहादुर कुलुङ र आइतसिंह गोलेको पनि मृत्यु भएको छ । उनको ठेगाना भने दुतावासले खुलाउन सकेको  छैन । घलेको मृत्यु कजाङ अस्पतालमा र बाँकीको सुंगाई वुलो अस्पतालमा मृत्यु भएको दुतावासले जनाएको छ ।

त्यसैगरी, विषालु रक्सीको सेवनबाट १६ जना नेपाली बिरामी परेका छन् । जसमध्ये १२ जना अस्पतालमा उपचार गराइरहेका छन्, भने चार जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अस्पतालमा जितबहादुर माझी, रानीचुरी–५, सिन्धुली, राधेश्याम बैठा रघुनाथपुर–६ बारा, रामचन्द्र लोध फरेना–७, रुपन्देही, लोकबहादुर बराम च्यांगली–२ गोरखा, रिखामान स्याङतान, ढुंग्रेखोला–८ सर्लाही, सरु मगर (ठेगाना नखुलेको) उपचार गराइरहेका छन् । 

यस्तै, ‘दुर्गासिंह राना देउराली–८, नवलपरासी, सुकुवल घिसिङ (ठेगाना नखुलेको), राजेश कुमार (ठेगाना नखुलेको), विमल कार्की (ठेगाना नखुलेको), सेतवीर तुम्वाम्पो चौकामागु–६ पाँचथर, जम्बिरलाल झाँगड बावियाबिर्ता–३ मोरङ, को पनि उपचार भइरहेको छ । चार जना उपचारपछि डिस्चार्ज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ