arrow

बेलायती महिलाको छाती ठूलो !

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
best-dress-styles.jpg

काठमाडौं। बेलायती महिलाका ‘ब्रेष्ट’को आकार विश्वका अन्य देशका महिलाका तुलनामा ठूलो हुने एक सर्वेक्षणले देखाएको छ । ‘ट्राएम्फ इन्टरनेशनल ब्रा युसेज एण्ड एटीट्युड’ नामक संस्थाले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

 द सन नामक पत्रिकामा छापिएको उक्त सर्वेक्षणका अनुसार बेलायती महिलाका ‘ब्रेष्ट’ को आकार विगतका दशकका तुलनामा वर्तमान अवस्थामा बढिरहेको देखाएको जनाइएको छ ।

सर्वेक्षणले अन्य देशका महिलाका तुलानामा बेलायती महिलाको ब्रेष्टको आकार सामान्य भन्दा केही ठूलो भएको देखाएको जनाइएको छ । त्यतिमात्रै होइन, अन्य देशका महिलाका तुलनामा बेलायती महिलाका कम्मर पनि केही ठूलो हुने देखिएको छ ।

सर्वेक्षणका अनुसार सबैभन्दा ठूलो आकारको ब्रा बेलायतमा विक्री हुने गर्छ । अधिकांश बेलायती महिला ३८ इन्चका ब्रा पहिरिने गर्छन् । बेलायती महिलाहरुले पहिरिने भित्री ब्रा औसत रुपमा अन्य देशका महिलाले पहिरिने ब्राको आकार भन्दो ठूलो हुने गरेको जनाइएको हो ।

 त्यस्तै जर्मनी र ईटाली जस्ता देशका महिलाले औसत रुपमा बेलायती भन्दा केही सानो ३४ इन्चको ब्रा पहिरिने गरेका छन् । त्यस्तै फ्रान्सका महिलाले भने औसत रुपमा ३६ इन्चका ब्रा पहिरिने गरेको उल्लेख गरिएको छ ।

सर्वेक्षणका अनुसार बेलायती महिलाका छाती र कम्मरको आकारमा सन् १९५० ताकाको समयमा भन्दा धेरै परिवर्तन देखा परेको जनाइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ