arrow

विश्व बजारमा आउन लागेका दमदार स्मार्टफोनहरु 

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
smartphone.png

काठमाडौं । स्मार्टफोनमा मानिसहरुको अत्यधिक आकर्षण देखिन्छ । विश्वव्यापीरुपमा स्मार्टफोनको क्रेज बढ्दै गएको देखिन्छ, जसको कारण बजारमा आकर्षक स्मार्टफोन ल्याउन निर्माताहरुको प्रतिस्पर्धा देखिएको छ । यस्तोमा अबको केही समयमा नै विश्व बजारमा दमदार स्मार्टफोनहरु सार्वजनिक हुने तयारीमा रहेका छन् । जसमध्येका केही स्मार्टफोनहरु यस्ता छन् – 

१. रेडमी नोट ६प्रो

रेडमी नोट 6 प्रो

चिनियाँ स्मार्टफोन निर्माता साओमी रेडमी नोट ६ प्रो बजारमा ल्याउने तरखरमा रहेको छ । यो स्मार्टफोनमा चारओटा क्यामेरा रहनेछन् । सार्वजनिक भएको तस्बिरअनुसार नयाँ स्मार्टफोनको अगाडि र पछाडि ड्युल क्यामेराको सेटअप हुनेछ । त्यसका साथै यसमा ६.२६ इन्चको फुल स्क्रिन डिस्प्ले हुनसक्ने बताइएको छ । यसमा चार जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजको साथमा ४ हजार एमएएचको ब्याट्रिको प्रयोग हुने सम्भावना रहेको छ । यो स्मार्टफोन १० अक्टोबरमा सार्वजनिक हुनसक्ने बताइएको छ । 

२. वानप्लस ६टी

वनप्लस  6T

वानप्लस कम्पनीको उत्पादन वानप्लस ६ को नयाँ वारियन्ट बजारमा ल्याउने तयारी गरिएको छ । यो स्मार्टफोन १७ अक्टोबरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । सार्वजनिक भएको विवरणअनुसार वानप्लस ६टीमा ६.२८ इन्चको फुल एचडी स्क्रिन हुनसक्ने बताइएको छ । यो स्मार्टफोन स्न्यापड्रयागन ८४५ प्रोसेसरमा चल्नेछ । 

३. सामसुङ ग्यालेक्सी जे६ प्राइम

सैमसंग गैलेक्सी J6 प्राइम

दक्षिण कोरियन कम्पनी सामसुङले ग्यालेक्सी जे६ प्राइम सार्वजनिक गर्ने तयारी गरेको छ । यो स्मार्टफोन अक्टोबर ३० मा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यो स्मार्टफोन ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज वा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजको दुई वारियन्टमा आउनेछ । यसमा स्न्यापड्रयागन ४५० चिपसेटको प्रयोग गरिएको हुनसक्ने बताइएको छ । 

४. रियलमी २ प्रो 

रियलमी 2 प्रो

ओप्पोको शाखा ब्राण्ड रियलमीले २७ सेप्टेम्बरमा आफ्नो नयाँ स्मार्टफोन रियलमी २ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा ६ जीबी र्‍यामको प्रयोग हुनसक्ने बताइएको छ । यो स्मार्टफोनमा नयाँ चिपसेटको प्रयोग गरिनेछ । यो स्मार्टफोनमा स्न्यापड्रयागन ४५० प्रोसेसरको प्रयोग हुनेछ । 

५. सामसुङ ग्यालेक्सी ए७ (२०१८)

सैमसंग गैलेक्सी A7 (2018)

सामसुङ अब छिटै नै ग्यालेक्सी ए७ (२०१८) मोडल सार्वजनिक गर्ने तरखरमा रहेको छ । सार्वजनिक भएको विवरणअनुसार यसमा ट्रिपल क्यामेरा सेटअपको प्रयोग गरिनसक्ने देखिएको छ । यस्तो फिचर्स भएको स्मार्टफोन सामसुङको लागि पहिलो स्मार्टफोन हुनेछ । यो स्मार्टफोन एन्ड्रोइड भर्सन वी८.१(ओरियो)मा चल्नेछ । यसमा ४ जीबीको र्‍यामको प्रयोग गरिनेछ । यो स्मार्टफोन २६ सेप्टेम्बरमा सार्वजनिक हुनसक्ने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ